Showing posts with label मुरलीधर वैष्णव. Show all posts
Showing posts with label मुरलीधर वैष्णव. Show all posts

Thursday, May 7, 2026

अनुवाद लघुकथा (अङ्क ३४ मा प्रकाशित)

पाश कोलोनीमा मानिसहरू प्रायः अहङ्कारवश आत्मकेन्द्रित भएर आफ्नो घरमा बसेका हुन्छन् । कोरोनाका कारण त्यसै पनि यहाँ सुनसान थियो । यसैमा पनि पैंतालिस डिग्रीको तापक्रम छुट्टै । एउटा मजदुरलाई धेरै तिर्खा लागेको थियो । उसले तीन–चारओटा घरको बाहिर गएर कसैले पानी पिउन देला कि भन्ने आशामा बोलायो तर कसैले जवाफसम्म पनि दिएनन् । अन्त्यमा उसले एउटा घरको बाहिर कलबेल राखेको देख्यो । उसले हिम्मत गरेर बेल बजायो । एक पटक…, दुई पटक…, तेस्रो पटकमा घण्टी बजाएपछि एउटा साहेब प्रकृतिको आकृतिले ढोका खोलेर बाहिर उभिएको मजदुरलाई क्रोधपूर्वक हेर्‍यो ।

“साहेब ! अलिकति पानी पिउन दिनुस् न ! बेस्सरी तिर्खा लागेको छ ।’’ मजदुरले हात जोडेर गिडगिडायो ।

“चल, भाग् यहाँबाट ! सबै निन्द्रा बिथोलिस् । यहाँ अहिले कोही मान्छे छैनन् । अगाडि जा !’’ साहेब बडबडाए ।

“साहेब ! घाँटी धेरै सुखिरहेको छ । अलिकति पानी दिनुस् न !’’ उसले फेरि दयाको भिख माग्यो ।

“भनिसकें नि, यहाँ कोही छैन भनेर । यहाँबाट जान्छस् कि जाँदैनस् ।” यस पटक साहेबले उसलाई धम्क्याए ।

“साहेब ! ठुलो गुन लाग्ने थियो । बिहानैदेखि तिर्खाएको छु । केही समयका लागि हजुर नै मानिस…..।’’ यसभन्दा अगाडि शब्द नै निस्केन ।

-जोधपुर, राजस्थान, भारत

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।