Saturday, January 6, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

मजबुरी

-फिराक गोर्खाली
पासीघाट, अरुणाचल प्रदेश 


आज वीकेण्ड भन्दै योगेश अफिसबाट आउने बेलामा महँगो वाइनको बोतल लिएर आयो । मनमा पीर भए पनि भोलि काममा जानु पर्दैन ऊ ढुक्क थियो ।

कोठाको सबै लाइट बन्द गरेर मन्द रोशनीको टेबुल लाइट जलायो, अर्को मेजमा खाने कुरा र वाइनको बोतल सजायो । मन्द स्वर सङ्गीत बजायो । आफ्नो एकान्त मनको निरेतालाई हटाउन माहौल बनाएपछि ग्लासमा एक पेग बनाउ । पेग उठाएको मात्र थियो उसको फोन बज्यो ।

नम्बर देखेर उसको मन चिसो भएर आयो । फोन उठायो “हेल्लो“ उता बाट रोेएको आवाज आयो  "हेल्लो योगेश" एकछिन दुवै केही बोल्न सकेनन् । उताबाट “मैले तिमीलाई कुन मुखले भन्नु तर मेरो यस्तो वाध्य भएको छ ।’’ योगेश अलिक रुखो स्वरमा “भूमिका न बाँधी मुद्दामा आऊ ।’’ मेरो श्रीमान् सडक दुर्घटनामा गम्भीर रुपले घाइते भएका छन् उपचारमा सबै पैसा सक्यो, तिमीसँग मद्दत माग्न न मजबूर भए, योगिताले रुँदै भनि । योगेशले भारी आवाजमा भन्यो “तिम्रो दुःख देख्न सक्दिन म मायाको हातमा मजबूर छ र तिमी पनि आफ्नो पत्नी धर्मले गर्दा मजबूर भयौ ।’’
“एउटा वाध्यताले अर्को मजबुरको मजबुरी बुज्छ, चिन्ता नगर म पैसा पठाउँदै छु’’, भनेर फोन राखेर उ गुगल-पे एप खोल्न थाल्यो ।

No comments:

Post a Comment