Saturday, January 6, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

हर्जाना

-माणिकरत्न शाक्य
सरस्वती नगर, कपन  


छोरालाई बिहे गरिदिन घरका मान्छेले केटी खोजिरहेको थियो । त्यसबेला उसले झ्याप्प दाह्री पालेको थियो । आफन्तले उसलाई केटी देखाउन सुरु गरे । आफन्तकै सल्लाह अनुसार केटी हेर्न गएपिच्छे उसलाई दाह्री काट्न भनिन्थ्यो । उसले काट्थ्यो पनि । पहिलो, दोश्रो र तेश्रो गर्दै उसले धेरै केटी हेर्‍यो । तर कुनैले पनि उसलाई पत्याएन । 

त्यही रिसको झोंकमा रन्किंदै बाटोमा जाँदै गर्दा एकदिन पहिले हेरेको केटीसँग जम्काभेट भयो । उसले मनको तीतो फ्याँक्दै भन्यो - “प्रिय ! तिमी मलाई आफ्नो बनाउन सक्दैनौ भने तिमीलाई हेर्न आउँदाखेरि काटेको दाह्रीको हर्जाना त मिल्ला नि !?” उसको कुरा सुनेर केटी हेरेकी हेर्‍यै भई ।

No comments:

Post a Comment