Saturday, January 6, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

फटाहहरुको देशमा

- नरेश अमात्य
काठमाडौँ   


देशमा चारैतिरबाट अपराधीहरुले चुनाव जितिसकेपछि जेल शुन्य हुन थाल्यो ।

अपराधी शुन्य जेलमा,
-  जेल के काम ?
-  पुलिस के काम ?

नैतिकता मानवता हराएको त्यो देशमा सर्वदलीय बैठक बस्यो,
- चोरको प्रतितिधित्व गर्नेले भन्यो,
“चोर शुन्य प्रतिशतमा झरेको छ अब जेलको आवश्यक छैन’’

- डाँकाको सरदारले भन्यो,
“हो अब जेल आवश्यक छैन’’

- ज्यानमाराले भन्यो,
“हुन त हाम्रो समूह पनि निमित्यान्न नभएको होइन, सबैले चुनाव जितिसक्यो तर हाम्रो समूह अनि तपाईंको समूहलाई अन्यत्रबाट विरोधका स्वरहरु सुनिन थालेका छन्, आफूलाई पढेलेखेका ज्ञानी भनाउँदाहरुले ! त्यसैले.....”

सर्वदलीय बैठकको सर्वदलीय निणर्य भयो,
जेल अब यिनीहरुको लागि प्रयोग गर्नु पर्छ ।

No comments:

Post a Comment