आडम्बरी
-रुद्र अधिकारी
ईटहरी सुनसरी हालः लन्डन
"दाई ! ठूलै कार्जे गर्न लाग्नु भयो की क्या हो?” दुबै हातमा किनमेलका झोलाहरु बोकेर हिडिरहेका बिष्णुलाई सीताले सोधिन् ।
“त्यस्तो केही हैन ।” उनले हाँस्दै जवाफ दिए ।
उनी गाउँभरिकै खर्चालु व्यक्तिका रुपमा चिनिन्थे । कारण थियो- चाड, पर्व, भोज, भतेर, विवाह र ब्रतवन्धमा उनी पैसाको खोलो बगाउँथे । ॅॅडिजाइनर फेसन’’का लुगा लगाउनु त जोईपोईको सौख नै थियो । सामान्य सरकारी जागिर खाएर पनि यस्तो भड्किलो र रवाफिलो व्यवहार चलाएको देखेर छिमेकीहरुले “भ्रष्टाचार गरेको पैसा होला ! किन नउडाउन त?” भनेको गाईगुई गरेको सुनिन्थ्यो । कसैलाई आर्थिक सहयोग गर्नुपर्यो भने उनका दाँतबाट पसिना झथ्र्यो तर कोही बिरामी पर्दा र मरिमराउ हुँदा दिल खोलेर भौतिक सहयोग गर्ने उनको बानी थियो ।
सीताले फेरि कौतुहलता पोखिन “यत्रो किनमेल के का लागि त?”
“हल्ला नगर्नु है, बूढीले टिकटक बनाउनलाई ‘अनलाइन’बाट किनेको सामान फिर्ता गर्न हिंडेको ।”
No comments:
Post a Comment