Friday, February 9, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

आजको लक्ष्मण

-गोपाल अश्क
पर्सा    


कुनै दिनको एकाबिहानै दुई दाजुभाइ आफ्नो गाउँको प्रहरी कार्यालयमा पुगे ।

एकले भन्यो, लौ न, इन्स्पेक्टर सा’ब ! मेरी श्रीमतीको खोजी गरी दिनु पर्‍यो । आज चार दिनदेखि उनी बेपत्ता भएकी छिन् । मैले उनी जान सक्ने सम्भावित हरेक ठाऊँमा खोजीसकें, कतै कहीं भेटिएनन् ।’

इन्स्पेक्टरले भन्यो, आउनुस् तपाईंहरू, यता आउनुस् । हिजो राति मात्र एउटा नारीको लास फेला परेको छ तर अनुहारबाट चिन्न गाह्रो छ । केही सरसामनहरू छन्, त्यसबाट सनाखत गर्नुहोस्, यो लास कहीं तपाईंहरूकै आफन्तको त होइन ?

दुबै दाजुभाइ इन्स्पेक्टरको पछि-पछि लागे । एउटा लासनिर पुगे र त्यहाँ भएका केही सरसामान हेर्न थाले । दाजुले एउटा औंठी उठाउँदै सोध्यो,’ बाबू ! हेर त, यो औंठी तिम्री भाउजूको हो ?

’होइन दाइ ।’

भाइले भन्यो । ल, यो हेर त, यो पाउजु तिम्री भाउजूको हो ?

भाइले फेरि भन्यो । त्यसपछि दाइले लामो सास फेर्दै भन्यो, ’ए, त्यसो भए, यो लास तिम्री भाउजूको होइन । दाइले आफ्नो भनाइ पूरा पनि गर्न नपाउँदै भाइले भन्यो,’ दाइ ! त्यो लासनिर च्यात्तिएर फ्याँकिएको ब्रेसियर चाहिँ भाउजूको हो ।  

No comments:

Post a Comment