Friday, February 9, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

कालको व्यापार

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ   


'तपाईंको चालाप्रति शङ्का छ । झोला खोल्नुहोस् ।’ सिमाना प्रवेशमा शङ्कास्पद गतिविधि गरेको अनुमान लगाएर प्रहरीले केरकार गर्‍यो । ऊ गरुङ्गो झोला सकिनसकी बोकेर आउँदै थियो । 

’खासै केही छैन । घरायसी सामान, लत्ताकपडा यस्तै यस्तै हो । बरु यसो केही मिलाउँला नि !’ आरोपी बोल्यो । प्रहरीले पनि केरकारको अभिनयलाई सामान्य बनाउँदै लग्यो र एक मुठी पैसाको गोप्य र हाताहाती सम्झौतामा झोला नै नखोली झोलावालाको बाटो खुला गरिदियो ।

पछि प्रहरी सरुवा भएको केही दिनपश्चात् छापाको समाचार पढ्दै पत्रिका वालाले चिच्याउँदै गरेको सुनियो -ॅप्रहरी र आतङ्ककारीको मुठभेडमा एक  एक जना प्रहरी ठहरै ! ...’

No comments:

Post a Comment