Friday, February 9, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

आविष्कार

-सरूभक्त  

देशमा च्याउ उम्रिएझै राजनीतिक दलहरू उम्रिन्छन् । ती दलका नेताहरू सबै आफूलाई लोकतन्त्रका अथक योद्धा, राष्ट्रवादी, जनताका सेवक, त्यागी र सदाचारी सम्झन्छन् ।

एक दिन देशका प्रमुख सञ्चार माध्यमहरूमा खबर छाउँछ- एक जना १० कक्षामा पढ्ने छात्राले झुठ साहित्यिक सिर्जना मात्र लेखन होइन, अखबारी लेखन साहित्यिक सिर्जना मात्र लेखन होइन, अखबारी लेखनट पक्रने यन्त्र (Lie Detecting Machine)  आविष्कार गरेकी छन् । यो खबर थाहा पाएपछि नेताहरू सबैले छात्रालाई बधाई दिएर उत्साहवद्र्धन गर्नु आफ्नो परम कर्तव्य सम्झन्छन् । नेताहरू ताँती लागेर छात्राको घर पुग्छन् ।

’यहाँहरूजस्ता राष्ट्रिय नेताहरू मलाई भेट्न मेरो घरमा आइदिनुभयो, यसका लागि म आभारी छु । हजुरहरू मेरो झुठ पक्रने यन्त्रलाई जाँच्न चाहनुहुन्छ भने यन्त्रमाथि पालैपालो बसिदिनुहोस्, देशले हजुरहरूको इमानदारी बुझ्ने मौका पाउने छ ।’ छात्रा सबैसामु सामूहिकरूपले हात जोडेर भन्छिन् ।

नेताहरू एकअर्काको मुख हेर्छन् अनि अति व्यस्तताको कारण दर्साई त्यहाँबाट लुसुलुसु भाग्छन् ।

No comments:

Post a Comment