Friday, February 9, 2024

म किन लेख्छु ? (अङ्क ९ मा प्रकाशित)

क त सिर्जनात्मक लेखनमा अघि बढ्न नसकेर आफैलाई अप्ठ्यारो र अपुरो महसुस हुन्छ । मेरो लेखनयात्राको पैतीस वर्षमा कति सपनाहरुलाई आहुति दिए । अब जीवनमा लेखनयात्रा एक नशाजस्तै भइसक्यो ।

साहित्यिक सिर्जना गर्न नसकिंदा अब लागू पदार्थ नपाएको दुव्र्यसनीजस्तै छट्पटाउने गर्दछु । यसो गर्न पाएन भने पनि म आफै गुम्सिन्छु । जीवनको यो उत्तरार्धमा लेखनले मलाई एक किसिमको आत्म सन्तुष्टि मिल्छ । यसबाट भगवान् बुद्धले साधना गर्ने क्रममा शान्ति प्राप्त गरेजस्तै मलाई अपार सन्तुष्टि दिन्छ ।

कुनै पनि साहित्यिक सिर्जना गरेपश्चात मनमा आनन्दको लहर दौडिन थाल्दछ । त्यसपछि मन हलुका भएको अनुभूति हुन्छ । भनौं त त्यतिबेला अपार खुसी छाउँछ । जुन शब्दमा व्यक्त गर्न पनि सकिँदैन । त्यो अनुभव र अनुभूति दैवी शक्तिजस्तै प्रकाशमय हुन्छ । आफैभित्रको त्यो उज्यालो बाहिर प्रकट हुँदा म त्यसैमा रमेर नाच्न र झुम्न खोज्दछु । साँच्चै, के के पाएको अनुभूति हुन्छ ।

लेखन प्रसव वेदनापछिको सुखानुभूति पनि हो । जुन खुसीको लहर अनुहारमा प्रस्टै झल्किने हुन्छ । त्यसको उज्यालोले मलाई बेला बेलामा अर्कै संसारमा पुर्याएको आभास हुन्छ । लेखन मेरा लागि अक्सिजन ग्यासजस्तै हो।सो बिना अब त म बाँच्न नसकिने भइसक्यो । अतः त्यसका लागि पनि म लेख्छु ।

No comments:

Post a Comment