Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

सानु तिमी आऊ है !

शशीश्री आचार्य
बौद्ध, कुमारीगाल, काठमाडौँ   



धेरै दिनपछि हिजो राजेशको फोन आयो । धेरै भएको थियो भेट नभएको, त्यै भएर उसले भेट्ने कुरा गर्‍यो । म धेरै खुसी भएँ र आनन्द मन पार्दै राजेशलाई सुटुक्क भेट्न गए । ऊ आयो, म यौटा रुख मुनी उसैलाई कुरेर बसिरहेको थिएँ ।

ऊ मेरो नजिक आयो । मैले, राजेश तिमीलाई कस्तो छ भनेर सोधें ? उसले सञ्चै छु आँचल भन्यो । मैले उसलाई बढ्ने ठाउँ देखाउँदै भने, यता आउन, यता बस भने । उसले यहीँ ठीक छ सानु बस्न भ्याउँदिन, अलि हतार छ भन्यो । उसको कुरा सुनेर मलाई अचम्म लाग्यो । पहिला पहिला भेट्नको लागि बहाना खोज्ने मान्छे अहिले हतार भो भन्छ । पहिला पहिला मेरो अनुहार देख्न नपाउँदा छट्पटाउने मान्छे अहिले हतार भो भन्छ, राजेश अर्कै भएछ । त्यैपनि मनले मानेन त्यसैले यसो नजिकबाट उसको अनुहार हेरे, ऊ धेरै दुब्लाएछ । 

मलाई उसको धेरै माया लागेर आयो । के भयो तिमीलाई भने ? मतिर न फर्की उसले भन्यो; त्यस्तो केही पनि होइन सानु धपेडीले होला, तिमीले मलाई नदेखेको पनि धेरै भयो त्यैभएर पनि होला तिमीले दुब्लाएको देखेको । त्यतिभन्दै उसले झोलाभित्र हात हालेर यौटा सानो पोको र यौटा कार्ड निकालेर पोको मलाई दिँदै भन्यो; सानु अबदेखि यो तिम्रो भयो तिमी राख भन्दै हात लम्काएर मतिर तेर्सायो त्यो पोको मैले अचम्मै मानेर दुई हातले समाते त्यो पोको । पुनः अर्को हात लम्काएर उसले यौटा कार्ड दियो र भन्यो सानु पर्सी शनिबार मेरो बिहे छ, जन्त जानुपर्छ तिमी आउ है भन्यो ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment