Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

भीख

- वीरेन्द्र ढकाल
नाग्रिजुली, असम 


आस्था, अस्मिता र आत्मसम्मान धितोमा रहेको बनावटी आधुनिकीको लीला चरमचुली नाघेको काल भविष्यले टुलुटुलु हेर्दै मनमनै गम्दै छ ।’’ सृष्टि टिकाउन सजिलो छैन । विश्वासको पतन, मानवताको स्खलन र यसको परिणाम अन्त्यतर्फ गतिमान भइरहनु हो । यसको अन्त्यपछि पुनः कुन काल निर्माण होला ।’’

भविष्यको बज्र कठोर चिन्तन अतीतको कानमा हावाको वेगसँगै सर्लक्क पुग्यो । आफ्नो इतिहास स्वाहा हुँदै गरेको पीडाले तड्पिँदै अतीत भविष्य सामु आएर मिहिनत गर्छ’’ अहिलेका रचनाले मलाई भुलेर वर्तमानमा मग्न छन् । उत्तेजित भएर समयलाई अस्तित्वहीन बनाउन चाहनु यिनीहरूको मूर्खता हो । भविष्य नरहे म स्वयम् मासिँदै जानेछु । मलाई बचाउनु हे अनन्त काल !’’

घोर निन्द्रामा रहेको वर्तमानको दुबै कानमा प्रतिष्ठाको विरुद्ध प्रश्नचिन्ह्र रहेको वार्तालाप नमजाले बजारिन्छ । दायाँबायाँ केही नहेरी ऊ दुबै काल सामु आएर लमतन्न पर्छ तथा आत्मग्लानिमा डुब्दै गुहार लगाउँछ । “अतीतबाट मेरो सृष्टि । पूणर्ता मेरो भविष्यमा छ । कृत्रिमताले मलाई अलमलायो । अरूको बारे मैले सोचिनँ । मेरो अस्तित्व नमेटाउनु !’’


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment