Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

नेपथ्यको खलबली

- सूरज गजुरेल
तेलियागाउ, तेजपुर (असम)   


रजत आज साह्रै खुसी छ । उस्को साईनो पर्ने भाइ महेशले ४६ वर्षको उमेरमा असम लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गरी समाजमा एक उदाहरण प्रस्तुत गरेको छ । महेशको सफलता आज रजतको सफलता बनेको छ । उस्को आफ्नो सपना महेशमा पूणर् भएको देख्दैछ ।

हो, महेशले यहाँसम्म पुग्न धेरै साधना गरेको छ, धेरै समय र मेहनत लगाएको छ । उ जीविकार्जनको निम्ति अनेकौं काममा खटिंदै गर्दै, आफ्नो पढाई र लगनशील स्वभावले नै आज सफल हुन पुगेको हो ।

रजतले पनि आफ्नो समयमा यस्ता थरी-थरीका सपना बुनेको थियो, त्यस दिशामा प्रयास पनि नगरेको होइन तर परिस्थितिवश, विभिन्न अड्चन आइलाग्दा उ सफल हुन सकेन । तर आज महेशको सफलतामा उ आफ्नो तथा आफू जस्ता अरु धेरै उमेर पुगेकाहरुको प्रयास सफल भएको अनि युगलाई त्यसको जिउँदो प्रमाण पेस गरेको अनुभव गर्छ ।

यसै बीच महेशले यो नोकरी नगर्ने सिद्धान्त लिएको खबर आउँछ । उ आफ्नो वर्तमान पेशामा खुसी छ अरे ! उसले आफ्नो योग्यता प्रमाणित गर्नु थियो गरे । आउने समयमा उ स्वतन्त्र र स्वाभिमानी बनी रहनेछ । 

रजतको बिचारमा, यस कार्यले उनीहरुको पिँढी (जेनेरेसन)ले अबेरै भए पनि सफलताको प्रमाण दिएको छ अनि सामूहिक रुपमा आफ्नो योग्यता प्रतिपन्न गरेकोछ ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment