सम्बन्धको सुगन्ध
- देवराज डडवाल
फतेहपुर जिला, कांगडा हिमाचल प्रदेश
रमणले आफ्नी साली निशालाई विभिन्न उपमा दिएर जिस्काउँदै थिए ।
“मेरी दिदी कोहीभन्दा कम छैनन् है, उनी लाखौंमा एक छिन् ।’’
निशाले लजाउँदै बोलिन् । रमणको जब निशासित जब जब भेट हुने गर्छ, यसरी नै बेला-बेलामा जिस्काउने बानी छ । निशा पनि भिनाजुको यस्तो कुरा एक कानले सुनेर अर्को कानले उडाइदिन्थिन् ।
एक दिन निशा बिरामी परिन् । तिनलाई विभिन्न अस्पतालमा देखाइयो तर उन्नाइसको बीस भएन । अनि बाध्य भएर ठूलो अस्पताल भर्ना गर्नु पर्यो ।
निशाको दुबै मृगौलाले काम गर्न छोडिसकेको रहेछ । “यदि कसैले मृगौला दान दिन्छ भने बचाउन सकिन्छ अथवा दस लाख रुपैयाँको व्यवस्था गर्न सकिएमा मात्र कुरा अघि बढाउन मिल्छ,’’ डाक्टरले यथार्थ कुरा राखे ।
यस्तो कुरा सुनेर निशाको आमा अचेत भएर ढल्न पुगिन् । यति ठूलो रकम जोहो गर्न नसकिने बुझेर होला, तिनको बुवाको आँखाले आँसु थाम्न सकेन ।
यतिबेलै रमणले निशालाई सान्त्वना दिँदै भन्यो - “निशा ! तिमीले चिन्ता मान्नु पर्दैन । म तिम्रो लागि मृगौला दान गर्न तयार छु । यसको लागि तिमी धन्दा नमान, म तिमीलाई केही हुन दिने छैन । सबै ठीक हुन्छ ।’’ रमणको कुराले निशाको अधरमा स्मित मुस्कान फैलियो ।
अर्को दिन निशा ओपीडीमा थिइन् र बाँकी परिवार बाहिर बसेर स्वास्थ्य लाभको कामना गर्न थाले भने डाक्टरले अप्रेशनको लागि आवश्यक जाँच गर्न थाले... ।
अनुः गगनदीप सर्व
(हिन्दी भाषाबाट अनुदित)
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment