Monday, June 17, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

 ह्याक

- रुद्र अधिकारी
ईटहरी-१९, सुनसरी, हालः लन्डन   



"यो उमेरमा पनि पुष्प सरले फेसबुकमा कति थोक गर्न जान्नु भएको ?”

“मैले के जान्नु पर्छ र ! जे गर्छ, यो प्रविधि र फेसबुकले गर्छ ।” 

पुष्पले फेसबुकमा आफ्नै तस्विरलाई कहिले बच्चा, जवान, बुढा त कहिले युवती बनाएर राख्थे । अनेक रुप रङ् बदल्दै भिडियो बनाउनु उनको दिनचर्या नै थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता माझ उनी चिरपरिचित थिए । हुन पनि दुःखी वा निरास भएर बसेको मानिस पनि उनको प्रस्तुति हेरेर खुसी हुन्थे ।

सूचनाको मानसपटलमा पुष्पसँग भएको संवाद र विगत झल्झली आइरहेको थियो । कारण थियो, धेरै दिनदेखि सामाजिक सञ्जालमा नदेखिएका पुष्प अचानक टुँडिखेलमा भेटिनु । 

“फेरि भूमिगत नै हुनुभए छ कि ! भन्ने सोचेको थिएँ, संयोगले भेट भयो ।”

“सत्ताको स्वाद चाखेपछि कहाँ भूमिगत हुन सकिँदो रहेछ र !’’ पुष्पले भने ।

“सामाजिक सञ्जाल भरी तपाईंको खोजी भइरहेको छ । न कुनै प्रस्तुति भटिन्छ न कुनै ‘अपडेट नै !’ सूचनाले आश्चर्य प्रकट गरिन ।

पुष्पले भने “रमाइलोको लागि भन्दै जे पायो त्यही ‘एप’ चलाउनु नहुने रहेछ, मेरो फेसबुक ह्याक भयो ।”


...साथ सहयोगको खाँचो

 

No comments:

Post a Comment