पहिलो भाग
जसै अँध्यारो छायो, महलका बत्तीहरू झिलमिलाएर बल्यो । महलमा काम गर्नेहरू खडेमान अवस्थामा रहे । अनि, निम्तालु पाहुनाहरूको पर्खाइमा मूल ढोकातर्फ नजर दिन थाले । तिनका मखमली लुगामा सुनका बटन चम्किरहेको थियो ।
सुन्दर पाल्कीहरू महलको परिसरमा खडा भयो । राजपुरुष त्यसबाट ओर्लिए । उनले अत्यन्त महँगो रत्नजडित पोसाक लगाएका थिए । बजिरहेका बाजाहरूले रोमाञ्चकारी तान वातावरणमा फैलाए । सम्पूर्ण भद्र भलादमी संगीतको धुनमा झुम्न थाले ।
आधी रातको समय, दुर्लभ फूलहरूबाट सजिएको टेबलहरूमा अत्यन्त स्वादिष्ट र सुगन्धित भोजन पस्किने काम भयो । आगन्तुकहरूले मज्जैले पिए त्यस बेलासम्म, जबसम्म रक्सीले आफ्नो असर देखाउन सुरु गरेन । त्यसपछि पेटभरि खाना खाए । भरपुर लामो रात अनि खानपिनले पेट भरिएको कारण तिनको शरीर गह्रौँगह्रौँ हुँदै गएको थियो । बिहानीपख त्यो भिड कराउँदै त्यहाँबाट बिदा भयो । आ–आफ्नो घर पुगेर ती सबै बेहोसीको अंगालोमा लठारिए ।
दोस्रो भाग
अर्कोतिर, निरन्तरको श्रमले गर्दा एकदमै थाकेको मानिस आफ्नो सानो झुपडी घरबाहिर उभियो । उसले ढोका ढकढक गर्यो । जसै ढोका खुल्यो, ऊ त्यसभित्र छिर्यो र आनन्दित हुँदै आफ्नो घरपरिवारका मानिससँग अंंगालोमा बाँधियो । फेरि, ऊ आफ्ना बच्चाहरूको बीचमा बस्यो, जो अगेना वरिपरि बसेका थिए । यसैबीचमा उसकी पत्नीले खाना बनाइन् । र, काठको टेबलमा सजाइन् । सबैले सँगै बसेर खाना खाए । खाना खाइसकेर ती लालटिनलाई घेरेर बसे र दिनभर भए गरेका घटनाहरूको विषयमा बताउन थाले ।
राति जब एक प्रहर बित्यो, सबै चुपचाप उभिए र रात्रि देवताको स्तुति गर्न लागे । सुखी जीवनका लागि तिनले ईश्वरलाई धन्यवाद दिए ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment