Tuesday, April 29, 2025

साभार लघुकथा (अङ्क २३ मा प्रकाशित)


'अब के हुन्छ !’ रङ्गभूमितिर हेर्दै उत्कण्ठा बोलिरहेको थियो ।

भ्रष्टहरूमा खैलाबैला मच्चिएको थियो । ’केही होला जस्तो छ ।’

उत्तेजना बर्बरायो । केही भुटिएका थिए । केही भुटाइमा परिन्छ कि भनेर पाकेका थिए । केही शङ्कित थिए मुछाइमा परिन्छ कि भनेर । कप्टेरो सक्रिय थियो । आवेगको आगो दन्किरहेको थियो ।

एउटै घानमा परिन्छ कि भनेर मकै, भट्ट, बोडी, मस्याङ आदि, इत्यादि त्रसित थिए । काला निला भएका थिए, पहेँला सेता भएका थिए । विज्ञका विश्लेषण, विद्वान्‌का ज्ञान र भारेभुरेका उत्कण्ठा हावा फुस्केको बेलुनजस्तै साम्य पार्दै अप्रत्याशित निर्णय आयो । जोरबल भएका उम्किए, कमजोर जाकिए । ठुला माछा फुत्किए, भुरा फसे । खेल खतम, पैसा हजम । ’होइन के भएको यो ?’ नेपथ्यबाट आवाज आयो । आवाजमा क्रोध र रोष थियो । ’प्रायोजित निर्णय ! नाटकको अन्त्य !’ सूत्रधारको आवाज आयो । आवाजसँगै पर्दा खस्यो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment