एकदिन उनी आफ्नो कविता छापिएको स्मारिकाको लेखकप्रति लिन अनुहारभरि खुसीको पाउडर दलेर संघको कार्यालयमा पुगे ! कार्यालयको एउटा कोठामा बर्दी लगाएका केही कर्मचारीहरू थिए ! उनले व्यवस्थापकलाई नमस्कार गर्दै आफू आउनुको कारण बताए !
"ए, तपाईं कवि हो ?’’ व्यवस्थापकले उनको शीरदेखि पाउसम्म हेर्दै सोध्यो !
"हो हजुर ! म कवि प्रफुल्लकुमार हुँ । नपत्याए तपाईंकै स्मारिकामा हेर्नुहोस् । मेरो कविता छापिएको छ ।’’ कविले किञ्चित हच्किएको भावमा नम्र हुँदै भने ।
"एकछिन बस्दै गर्नुस् । म तपाईंलाई स्मारिकाको लेखकप्रति उपलब्ध गराउँला । मैले पनि यो कुरामा म माथिको अधिकारीसँग अनुमति लिनुपर्छ ।’’ व्यवस्थापकले फेरि उनलाई हेर्दै भन्यो र कोठाबाट बाहिरियो ।
कवि धीर भएर पर्खिरहे । घरि आङ तन्काउँथे । घरि भुईंमा गोडा बजार्थे । घरि व्यवस्थापक गएतिर हेर्थे । घरि उङ्ग्थे ! घरि टोलाउँथे ! निकै समय बित्यो । अनुमति लिन गएको व्यवस्थापक अझै फर्केन । पल्लो टेवलमा दुई तीन जना कर्मचारीहरू थिए । उनीहरू के गर्दैथिए, उनले ख्याल गरेनन् ।
तीमध्येको एउटालाई उनले आग्रह गरे, "लु न सर ! धेरै ढिला भयो । छिटो गर्नुहोस् ।’’
"स्मारिका त अनुमति बेगर दिनै मिल्दैन । बरु सरले किन ढिला गर्नु भयो, म बुझेर आउँछु ।’’ यति भनेर जुँगा मुसार्दै अर्को कर्मचारी पनि कोठाबाट बाहिरियो ।
फेरि निकैबेर बित्यो । अनुमति लिन गएको व्यवस्थापक पनि फर्केन । बुझ्न गएको कर्मचारी पनि फर्केन । कविले फेरि अनुनय विनय गरे, "भोक लागिसक्यो । प्यास लागिसक्यो । आफ्नो कविता छापिएको एउटा लेखकप्रति लिन आउँदा पनि चार घण्टा भैसक्यो । मलाई त हिरासतमा परे जस्तै भयो । अनुमति लिन जानु भएको सर पनि आउनु भएन । बुझ्न जानु भएको सर पनि आउनु भएन ।’’
कोठामा बाँकी रहेका कर्मचारीहरूमध्ये एउटाले उनलाई कर्के नजरले हेर्दै भन्यो, "धेरै गनगन नगर्नुस् न कविजी । उहाँहरू मिटिङमा हुनुहुन्छ । अब एकैछिन हो ! बस्दै गर्नुस् ।’’
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment