राधाको असल आचरणकै कारण उनलाई शहरका सम्पन्न व्यापारिक घरानाका करणको परिवारले बुहारी बनाएको थियो । गरीब गाउँले केटी राधाले सहरको सम्पन्न परिवारसित नाता गाँस्न पाएकोमा सबैले उनको भाग्यको तारिफ गर्थे ।
राधाको जीवन अत्यन्त सुखमय बित्दै थियो । यता राधाका आमाबाले पनि छोरीको परिवारजस्तै आफू पनि धनी बन्ने सपना देख्न थाल्यो । उनीहरू छोरीको घर भाड्ने योजना बुन्न थाले । त्यसपछि त सानोतिनो कुरामा पनि उनीहरु राधालाई उक्साएर कलह गर्न सिकाउन थाले । अन्ततः उनीहरूले राधाको घर बिगारेर करणसित डिभोर्स गर्न लगाए । त्यसबापत राधाले मोटो रकम हात पारिन् ।
राधाको घर बिगारेर पाएको मोटो रकमले उनको आमाबाको धनी बन्ने सपना पनि पुुरा भयो । गाउँमा खेती गरेर भन्दा त राधाका आमाबाले जस्तो छोरीको घर भाँड्ने खेती गरेर पो धनी भइँदो रै’छ । अनि पो सुखसयल गरेर बस्न पाइँदो रै’छ । कस्ता अभिभावक पनि भेटिन थाले यो समाजमा ? उनीहरूका बारेमा गाउँलेहरुले यस्ता कुरा काट्थे तर उनीहरु भने यस्ता कुरा एउटा कानले सुनेर अर्को कानले उडाइदिन्थे ।
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment