Wednesday, April 1, 2026

लघुकथा (अङ्क ३३ मा प्रकाशित)

हप्तौं हप्तादेखी एउटा शहरमा मात्र नभई देशभरि कै वातावरण  युद्धमय भएको थियो । चारैतिर गोलाबारुद पड्किएका छन् । तिनले फालेका धुलोले आकाश कालो बादलले ढाकेजस्तो  देखिएको छ । 

बहुतल्ले भवनहरू क्षतविक्षत भएर फुटेका छन् । टुक्रिएका छन्  । बुढाबुढी मात्र नभइ साना केटाकेटीहरू पनि भोक र प्यासले छटपट्टिएका छन्  । त्यसै बीच मानवसेवा समितिको खानेकुरा बोकेको ठूलो गाडी आइपुग्छ । केवल दुई घन्टाको लागि मात्र उसले त्यहाँ अडेर ती भोका, प्यासा, आश्रयहीन जनतालाई खाना र पानी दिने समय भएको छ । केटाकेटीहरू आ–आफ्ना कुच्चिएका खाना थाप्ने भाडा लिएर लाइनमा उभिएका देखिन्छन् । लाइन अनुशासित तरिकाले अगाडि बढ्छ । उनीहरूको भाँडोमा एक डाडु भात र एक डाडु तरकारी मात्र पर्दछ । 

आठ बर्षे हुसेन नाम गरेको केटो बिस्तारै “मेरी नब्बे वर्षकी हजुरआमा पनि भोक र प्यास लाग्यो भनेर रोइरहेकी छन् । उनलाई पनि खानेकुरा र पानी दिनुन्‌’’ भनेर अर्को भाडा थाप्छ । खानेकुरा बाँड्ने स्वयम् सेवकलाई माया लाग्छ । त्यहाँको परिस्थिति देख्दा उ इमोसनल हुन्छ । त्यो सानो केटो र उसकी बुढी हजुरआमा त्यहाँबाट केही पर युद्धको बमले छिया छिया पारेको एउटा घरको कापमा आश्रय लिएर बसेका थिए । त्यहाँ बत्ती, पानी, खानेकुरा आदि केही थिएन । बाहिर हिउँ परिरहेको थियो । हुसेनको बाबु, आमा, हजुरबा, दाजु, बैनी सबैलाई आकाशबाट छरिएर आएको बारुदको गोलाले शून्यमा हराई दिएको थियो ।

स्वयम् सेवकले हुसेनलाई एक प्याकेट रोटी र एक बोटल पानी दिन हात बढाएको मात्र थियो । खानेकुरा बाँड्ने समय सकिएकोले चारैतिरबाट पड्किदै आएको गोलीले खानेकुरा खान पाउने आशले बसेकी बुढी हजुरआमा, ऊ आफूसहित त्यहाँ जम्मा भएका सयौं बुढापाका, युवा तथा केटाकेटी युद्धको शिकार भएर हराए ।

–अमेरिका

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment