"नाम के हो ?” डाक्टरले सोध्यो ।
राजेशले हतरपतर खल्तीबाट मोबाइल निकालेर चलायो / अनि जवाफ दियो, “राजेश प्रधान ।”
“कति वर्ष भयो ? आई मिन … डेट अफ बर्थ ।”
फेरि उसले मोबाइल खोल्यो, अनि भन्यो, “जनवरी १०, २०२१ ।”
राजेशको व्यवहार, जुनसुकै जवाफ दिनलाई पनि मोबाइलमा हेरेर मात्र दिने उनको व्यवहारलाई डाक्टरले कागजमा नोट गरे । …डाक्टरले राजेशसँग सोध्दै गयो, उनको स्वास्थ, मनस्थिति र उनले भोगेको पीडा र महशुस गरिरहेको समस्या सम्बन्धित प्रश्नहरू…. ।
केही बेरपछि विभिन्न टेष्टको रिपोर्ट आयो, एमआरआइ (MRI)को प्लेट स्क्रिनमा राखेर धेरै बेरसम्म हेरिसकेपछि डाक्टरले आफ्नो राय व्यक्त गरे– It looks serious unique Nomophobia develop भएर गएको देखिन्छ… । …अहिलेसम्म राम्ररी औषधि गरे ठीक हुन्छ… ।”
+ + +
यसरी राजेश आब्नर्मल भएको भरखरै मात्र हो ।
पहिले ल्यापटप, आइप्याड हेर्दासम्म ठीकै थियो उ । मोबाइल किनेर हेर्न थालेदेखि उनको स्वभावमा धेरै परिवर्तन आयोे । जहिले जहाँ पनि मोबाइलमात्र हेर्ने बानी हुँदै गयो ।
समय सँगसँगै यो यन्त्र बाँच्नलाई अति आवश्यक अभिन्न अंग भइदियो । विस्तारै आफै पनि यन्त्र हुँदै गएको उनले महशुस गर्यो, …अनगिन्ती डाटा दिमागमा जम्मा भएर उ बैङ्क हुँदै गयो । …केही पनि आफू, आफूभएर गर्न नसक्ने भयो, मानो ऊ रोबोट ! …रोबोटमा परिणत हुँदै गइरहेको जीव राजेश /यो युगको प्रविधि विकासको एक विकृत उपलब्धि : नमूना ऊ !
+ + +
राजेशको यन्त्रवत जीवन देखेर बुबा गंगाबहादुर निराश, आफ्नो एक्लो छोराको अवस्था प्रति चिन्तित ।
धेरैसँग सल्लाह गरिसकेपछि आज राजेशलाई मानसिक केन्द्रमा देखाउन ल्याएको हो ।
+ + +
डाक्टरको सल्लाह बमोजिम राजेशलाई उपचार केन्द्रमा भर्ना गरेर बुबाचाहिँ घरमा फर्क्यो ।
+ + +
केही दिनपछि फोन आयो “हल्लो ! उपचार केन्द्रबाट फोन गरेको । त्यहाँ राजेश प्रधान आएको छ कि ?”
“छैन, यहाँ त आएको छैन । किन के भयो ? … बुबाचाहिँले सोध्यो ।
“हामीले कन्ट्रोलमा लिइराखेको मोबाइल आज बिहान एउटा नम्बर हेर्नुपर्यो भनेर उसले लियो । … लिनासाथ भाग्यो… ।”
फोनमा अरु कुरा पनि के के भनिराखेको उसले सुनेन । टाउको झनन भएर आयो … । छोराको जीवन प्रविधिको पन्जामा कैद हुँदै गइरहेको तस्वीर आँखा अगाडि उभिन आयो… रिंगटा लाग्यो, त्यहीँ ढल्यो ऊ ।


No comments:
Post a Comment