पार्टी कार्यालयबाट बाहिर निस्कँदा ननिस्कँदै उनलाई पत्रकारहरूले घेरिसकेका थिए ।
– पत्रकारले सोधे, “तपाईंको नेताले गरेको विवाहको बारेमा तपाईंको भनाइ के छ ?’’
– “मर्दले दशवटी ल्याउँछन् । हाम्रो नेता नामर्द होइन ।’’ उनले सटीक जवाफ दिइन् ।
– “तपाईंको नेताका दुईवटा पासपोर्ट छन् रे !’’ फेरि पत्रकारले सोधे ।
उनले जवाफ दिइन्, “हो, छन् ! यो सामान्य कुरा हो ।’’
– “तपाईंको नेता जुनसुकै सरकारमा जान मरिहत्ते गर्छन् नि !’’ पत्रकारको सोधाई यस्तो थियोे ।
– “राजनीति गरेकै सरकारमा जानलाई हो, पैसा कमाउन हो ! जोगी बन्न होइन ।’’ यतिखेर अलि खस्रो जवाफ खस्यो उनको ओठबाट ।
– पत्रकारले फेरि सोधे, ॅॅझिनामसिना मान्छेले जम्मा गरेको बचत तपाईंको नेताले टापटिप पारे रे त !’’
– पार्टी पनि त चलाउनु परो नि !’’ तत्काल उनको जवाफ आयो ।
– “अनि कसरी बचाउनु हुन्छ त अब आफ्नो नेतालाई ?’’ पत्रकार प्रश्न सोध्न थाकेका थिएनन् ।
– “आफ्नो भएजति सबै जग्गाधनी प्रमाण पुर्जा लगेर धरौटी राखिदिन्छु ।’’ उनले उत्साहित हुँदै भनिन् ।
– “घर–परिवारको बिचल्ली हुँदैन ?’’ पत्रकारले फेरि प्रश्नको झटारो हाने ।
– “पार्टी र नेताभन्दा ठूलो घर परिवार होइन ।’’ उनले भनिन् ।
– “भनेपछि तपाईं पनि झोले ?’’ पत्रकारको अनुहार खुसी थिएन यतिबेला ।
– उनले आक्रोशित हुँदै भनिन्, “ओ, मिस्टर ! मुख सम्हालेर बोल्नुस् । म झोले होइन, शुभचिन्तक हुँ । झोले त पुराना पार्टीमा मात्रै हुन्छन् !’’
–बागमती ११, कर्मैया, सर्लाही


No comments:
Post a Comment