प्रस्तुत सङ्ग्रहका कथाहरू हाम्रो दैनन्दनीय घटनाहरूको बुनोट हो । कथाहरू सरल र बोधगम्य छन् । धर्म, सस्कृति, शिक्षा र सामाजिक भावनासँग जोडिएका विसङ्गतिहरूलाई सरल र सहज ढङ्गले प्रस्तुत गरिएको छ । प्रतिकृति शीर्षकको लघुकथामा मुस्कानरुपी रुप, मोहित पार्ने दन्तलहर, घुँगुरिएको कालो केश, ओठ, आँखा, नाकको बनावट, सपक्क परेको जीउडाल, शालीन पहिरनले उनलाई पटक पटक घुुटुक्क थुक निल्न बाध्य बनाएको छ ।
लघुकथामा समसामयिक नेपाली समाजको विदु्रप रुप, अविवेकी रुप तथा अप्राकृतिक रुपको चर्चा गरिएको छ । बाआमालाई नोकरसरह काम गराउने अनि सडकमा पुर्याउने सामाजिक परिवेशको चित्रण गरिएको छ । नेपाली समाजको विकास भएर संयुक्त परिवारबाट एकल परिवार, एकल परिवारबाट खण्डित पारिवारिक अवधारणामा पुगिसकेको छ । किरन्टोकी शीर्षकको लघुकथामा विमोचित कृतिलाई कहिल्यै किन्न चासो नराख्ने तर कसैले सित्तैमा दिए दङ्ग पर्ने, किरन्टोकीको स्वभाव पुस्तकलाललाई राम्ररी थाहा थियो ।
अपकृत शीर्षकको लघुकथामा पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा थिए । सोह्र श्राद्धमा पितृभाग लिन लामबद्ध थिए । सधैँ झैँ रमाकान्तको आत्मा भने हताशमा एक छेउमा बसेर टुलुटुलु हेर्नुको विकल्प थिएन । किरियाकाष्ठमा पाएको तर्पण पश्चात उनलाई केही हात परेको थिएन । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ ।
ज्यालादार शीर्षकको लघुकथामा केही दिनदेखि उसलाई नियालिरहेको थिएँ । उसको परिवर्तित क्रियाकलापले मेरो मन प्रश्नको गाँठोमा बेरिएको थियो । आज मौका मिल्यो प्रश्न गर्ने भनेर लेखिएको छ । मनिषकुमारले समाजका कुनै पनि क्षेत्रमा घटेका त्यस्ता घटना, घटनालार्ई कथात्मकता दिन उत्प्रेरित गर्ने वातावरण वा परिवेश, घटनामा संलग्न चरित्र/पात्र, बिनाबाधा अवरोध प्रदान गरेका छन् ।
कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन । लघुकथा आख्यानको लघुत्तम वा सूक्ष्मत्तम विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ ।
कृतिः अर्धशताब्दी (लघुकथासङ्ग्रह)
लघुकथाकारः मनीषकुमार शर्मा 'समित'
प्रकाशकः सिर्जना अभियान समाज
संस्करणः वि.सं. २०८१ मङ्सिर
मूूल्यः रु. २००/–, पृष्ठः ९६
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment