Showing posts with label दशराज शाक्य. Show all posts
Showing posts with label दशराज शाक्य. Show all posts

Monday, August 17, 2026

लघुकथा (अङ्क ३७ मा प्रकाशित)


बुँगाः भन्ने एउटा गाउँ थियो । त्यो गाउँको दुईजना साथीले शहर गएर व्यापार गर्ने योजना बनाए । दुबै साथीले अलग अलग दिशामा गएर व्यापार गर्ने कुरा पक्का/निश्चय गरे । पछि गाउँ फर्कने बेलामा भेटेर एकआपसको अनुभव आदान प्रदान गर्ने कुरा पनि पक्का गरेर दुबै शहर गए । दुबैको शुरुवाती दिनदेखि व्यापार राम्रोसित चल्न थालेछ ।

दुबै मध्ये एकजना साथी व्यापारको सफलताले अहङ्कारी भएछ । अहङ्कारीले सोच्यो कि उसले चाँडै धेरै रुपैयाँ कमाउँछु । निस्फिक्रीसाथ उसको व्यापार बढ्यो । जब व्यापारमा सरकारले कर बढाएको कारणले मन्दीको बादल छायो त उसलाई निकै नोक्सान भयो । यतिसम्म नोक्सान भयो कि उसको लगभग पूरा पूँजी लापरबाहीले खत्तम भयो । बर्बादी अवस्थामा उ आफ्नो साथी भेट्न गयो । मन्दीको बेला उ के गरिरह्यो होला भन्ने सोचेर साथीकहाँ गयो । उसले देख्यो कि मन्दीको समयमा पनि उसको साथीले मजासित व्यापारको लाभ कमाइरह्यो । उसले आफ्नो साथीसित व्यापार बारे सोध्यो, ॅॅतिम्रो व्यापार बारे अवस्था कस्तो छ ?’’

ॅॅमैले लगातार मेहेनत गरिरहेछु । व्यापारमा नयाँ नयाँ कुरा सिकेर योजना बनाएको छु कि कुनै पनि लापरबाही नगरिकन सावधानीपूर्वक व्यापार गरिरहेछु ।’’ साथीले जवाफ दियो ।

साथीको प्रेरणा लिएर उसले फेरि लापरबाही र अहङ्कार छोडेर व्यापार नयाँ ढङ्गले व्यापार गर्न थाल्यो र कठिन मेहेनत गरेर व्यापार गर्न थाल्यो । समयको भाग्यले उसलाई नाफाको शिखरमा चढाइदियो ।

अन्तमा दुबै साथी फेरि भेटेर गाउँ पर्कने समय मिलायो र ३ दिनपछि आफ्नो गाउँ फर्केछन् । 

– बालकुमारी, ललितपुर ९

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Monday, June 15, 2026

लघुकथा (अङ्क ३५ मा प्रकाशित)


"बुज्रुग हुन लागेका पाण्डेले पूरै जिन्दगीमा एउटा मात्र सपना देखेछ, "अवकाशपछि आराम गर्ने हुँ ।’’

जागिरमा अलिकति थोरै हप्ता मात्र बाँकी छ अवकाशको दिन आउन । दशैं तिहार पनि आउन लागेछ, त्यत्तिकै समयमा । पाण्डेको स्वास्नीले भनिन्,  "अहिले नै अवकाश लिए हुन्न र ? बच्चाहरूसँग पनि

रमाइलो गरी दिन बिताउन पाउनेछ होला !’’

दशैं तिहार सिद्धिएपछि अवकाशको दिन आयो । अवकाश भयो पनि ।

पहिलो दिनमा बिहानै चिया पियो । अखबारको आलेखहरू पढ्यो र समाचार पनि अन्तमा पढ्यो ।

पहिलो हप्ता सिद्धिन लाग्यो । बिहानै चिया पिउन सिद्धिनासाथ अखबार पढ्यो र राम्रोसँग रमाइलो मनायो ।

पहिलो महिनामा छोरोले भनेछ,  "बुवाज्यू ! तपाईं घरमा रहुञ्जेल नोकर्नीले घरको कामै गरिनन् । तपाईं गाली गरिरहनुहुन्छ ।’’

तेश्रो महिनामा बुहारीले भनिन्, "बुवाज्यू ! तपाईंको कुनै रुचि छैन कि कसो हो ?’’

छ/छ महिनापछि छिमेकीले भन्यो, "अवकाश पाएछ । ठुलै भाग्यमानी रहेछ पाण्डेज्यू ।’’

पाण्डेले विचार गर्‍यो, "ठुलै भाग्यमानी ? के म भाग्यमानी छु र ?’’

एक बर्षपछि पाण्डेज्यू बिहान ४ बजेमैँ उठ्यो तर कामको लागि होइन । कारण हो निद्रा नै आएन ।

बत्ती नबालिकन अँध्यारो कोठामै चुप लागेर बसिरह्यो । मानौँ कि आराम गरिरह्यो । १ घण्टा पछि मुख धुन गएको बेला बुहारीले भनिन्,  "अब दिनदिनै बिहान सबेरै पशुपति मन्दिरमा घुम्न जाने अभ्यास गर्नुहुन्छ भन्ने मेरो मनमा आशा पलाएछ बुवाज्यू ।’’

"हवस् त म अहिल्यै जान्छु । जाने अभ्यास गर्नेछु ।’’ पाण्डेले खुशी हुँदै जवाफ दियो ।

–बालकुमारी, ललितपुर–९

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।