Tuesday, March 3, 2026

अनुवाद लघुकथा (अङ्क ३२ मा प्रकाशित)



 
पहिलो दृश्य ! 

तबलाको सानो भाग जसलाई डिग्गी भनिन्छ, त्यसमा थाप परिरहेको थियो, “धिग् धिग् धा.., धिग् धिग् धा ।’’ कुनामा रहेको वाइलिन रोइरहेको थियो, “रीं रीं रीं रीं ।’’

दोस्रो दृश्य !

“तरङ्गिताका बुबा ! तपाईंले घरलाई सङ्गीतशाला बनाउनुभएको छ ।’’ शामलीले आफ्नो पतिसित भनिन् ।

“अरू केही नभएर, छोरीलाई सङ्गीतशालामा हालिदिनुभयो ?’’

“तिमी पनि शामली !’’ पति प्रणवले छोरी तरङ्गिताको पक्ष लिंदै भने, “केटीहरूमा घरको कामकाजबाहेक अरू सिप पनि हुनुपर्छ ।’’

तेस्रो दृश्य !

तरङ्गितालाई हेर्ने केटा शैलेस, उसकी आमा र उसको बुबा तरङ्गिताका घरमा आएका छन् ।

तरङ्गिताले चिया नास्ताले सजिएको ’ट्रे’को साथमा बैठक कक्षमा आइन् । 

चौथो दृश्य !

“छोरालाई नाचगानमा कुनै रुचि छैन । ऊ घरलाई सङ्गीतको घराना बनाउन चाहँदैन । घरलाई मन्दिर नै बनाउन चाहन्छ ।’’ तरङ्गिताको रुचि थाहा पाएर केटाकी आमाले चासो दिएर भनिन् ।

जवाफमा तरङ्गिताले अघि सर्दै भनिन्, “मन्दिर पनि आरती र भजनविना संज्ञाहीन हुन्छन् ।’’

पाँचौ दृश्य !

तबला, बेन्ड बाजा बनिसकेको थियो अनि वायलिनचाहिँ सहनाई ।

-आगर (मालवा) मध्य प्रदेश, भारत


No comments:

Post a Comment