Thursday, November 30, 2023

लघुकथा संसार मासिक अङ्क ७ (सम्पादकीय)

हाम्रा समस्या र भोगाइ आज विकराल भएर झन् झन् आकाशिदै छ । यसले निम्त्याउने विविध परिस्थिति एवं घटनाले एउटा डरलाग्दो चित्र सामु ल्याइदिएको छ । जसले गर्दा निराशा र समस्या आज हरेकले भोग्न वाध्य छन् । जबसम्म यसबारे पहल गरिँदैन । यिनै परिस्थितिले दैनन्दिनी जटिल हुँदै गइरहेको छ ।

आज हामी कस्का लागि बाँचिरहेका छौं । बाह्र सकेपछि विद्यार्थीहरु किन विदेशी मोहमा पिल्सिनुपरेको छ । आज हरेक घरबाट केही पढ्ने र केही काम गर्ने नाउँमा विदेश जाने लर्को देख्न सकिन्छ । यस्तै हो भन्ने नेपालीहरु खोज्न पनि कुनै दिन विदेशै जानुपर्ने स्थिति नआउला भन्न सकिँदैन । राष्ट्रका लागि चिन्तन गर्ने र चिन्ता लिने अब पाउन छोडेको घटना बाक्लो भएर आएको छ ।

यस्ता समस्याको समाधान कतैबाट भएको देखिँदैन । यदि राष्ट्रको माया जागेको हो भन्ने आज किन आक्रोशहरु एकपछि अर्को सुनिएको हो? यसको बेलैमा सम्बोधन हुन सकेन भन्ने त्यसले भोलि ठूलै परिणाम भोग्नुपर्ने हुन्छ ।

लघुकथा संसार सदैव राष्ट्र, समाज र समसामयिक विषयवस्तु समेटेको रचनाको अपेक्षा राख्दछ । यसर्थ यसलाई अझ व्यापक र तीव्र रुपमा विस्तार गर्न तत्पर छ । योभन्दा अघिका अङ्कहरु पिडिएफमा मात्र हेर्न सकिने थियो भने अहिले सहज र सरल बनाउन वेभसाइट मार्फत युनिकोडमा पनि राखेका छौं । आशा छ, यसबाट लघुकथाकार र पाठकवर्गहरु लाभान्वित हुने हामीले ठानेका छौं ।

पत्रिका पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment