Thursday, November 30, 2023

समाचार

लघुकथा लेखन तथा वाचन अभिमुखिकरण कार्यक्रम सम्पन्न
– वसन्त अनुभव

चितवनको एक विद्यालयमा लघुकथा लेखन तथा वाचन सम्बन्धि अभिमुखीकरण कार्यक्रम भाद्र २५ गते सम्पन्न भएको छ । सैनिक आवासीय महाविद्यालय, खैरहनी–३, चैनपुरमा आयोजित उक्त कार्यक्रमको आयोजना नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको हो ।

मञ्चको "सामाजिक सञ्जालबाट समाजतिर" कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा निरन्तर कार्यक्रम गर्दै आएको मञ्चले यसपटक उक्त विद्यालयमा लघुकथा लेखन एवम् वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियोे ।

उक्त कार्यक्रममा सैनिक आवासीय महाविद्यालयका छात्रछात्राहरूको उल्लेख्य सहभागिता रहेको थियोे भने कार्यक्रममा प्रशिक्षण मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ’कृष्णजी शर्मा’ले गर्नुभएको थियोे ।

कार्यक्रममा मञ्चद्वारा प्रकाशित बाल र बा विषयक लघुकथा सङ्ग्रहहरूबाट सुन्दर लघुकथाहरू वाचन गरिएको थियो । विद्यालयका करिब १३ जना विद्यार्थीहरूले लघुकथा मिठो वाचन गरेका थिए ।   

No comments:

Post a Comment