Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

अन्तिम इच्छा

-श्रीबाबु कार्की 'उदास’ 


 

रामबहादुरले खाना अगाडि मालिक्नीलाई सोध्यो– 

’मेमसा’ब खाना कति बजे तयार गरूँ ? आज हजुरको नाइट अफिस जानु त छैन ?’ उसले एकै स्वरमा मेमसाबलाई प्रश्न राख्यो ।

मेमसा’ब सोफामा थ्याच्च बस्दै रामुलाई एक–एक अह्राउन थालिन्– रामे फटाफट आफ्नो काम सक् त ।

उसले बेलुकाको सम्पूर्ण काम सक्यो । खाना बनायो, खायो, भाडावर्तन माझ्यो र सुत्ने कोठामा गएर ढोका लगाएर ओछ्यानमा पल्टेको मात्र के थियो । ढोकाको कापबाट एउटा आवाज छिन्यो । ’ए रामे यता आ त ! मेरो साडीमा आइरन गर्न बाँकी रै’छ ।

रामबहादुर मेमसा’बको कोठामा आयो र भनेअनुसारका लुगाहरूमा आइरन गरिदियो । मेमसा’ब सानसँग सोफामा बसेर उसलाई टुलुटुलु हेरिरहिन् ।

...र अन्तमा मेमसा’ब लाडिँदै बोलिन्– ’रामु, आज मेरो जीउ साह्रै थङ्थिलो भएर दुखेको छ, मालिस गरिदेउ न ल !

रामबहादुर एकक्षण त कालोनिलो भयो । अन्ततः मेमसाब लुगा खोलेर भुइँमा लडिदिइन्, विचरो रामबहादुर निरीह भएर मालिस गर्न थाल्यो ।

मेमसा’बले अन्तिममा अर्को प्रस्ताव रामबहादुरलाई राखिन् । विचरा ! त्यतिबेला रामे ’रामु’ भएर निरीहपूर्वक मेमसा’बको अन्तिम इच्छालाई साथ दिइरहेको थियो ।

पुनः मेमसा’बले मधुरो आवाज रामेको कानसम्म आइपुग्यो– ए रामु ढोकाको छेस्किनी त लाइस् ?

No comments:

Post a Comment