जीवनको परिभाषा
-ममता मृदुल
विराटनगर
सात दिन भयो । झम् झम् पानी परेर खेतका गरा भरिभराउ भएका छन् । रातभरि भ्यागुताका ट्यारटुरले उन्माद छर्दैछ ।
पहेँला ब्याङ भ्यागुतोले उत्सव मनाउँदैछ ।
बचाउन नसकेका अनेक आश मौन अभिव्यक्ति दिन सकेका छैनन् । आमाका आँखा आँसु सुकेर कट्कटिएका छन् ।
जीवनको परिभाषा खोज्दै वर्षौं पढेका प्रमाणपत्र बग्दै आएका अभावका पोका ओत लाग्न नसकेर डुब्दैछन् खाडीमा ।
कोख रित्तिसकेको छ । बगेका छन् रहरहरू गरा गरामा । अब केही चाहिएकै छैन । सकिनु पनि पूर्ण हुनु रहेछ ।
पानी रुकेको पल टाढा साइरन बज्दैछ । देखिँदैछ राहत बोकेर आएका सुकिला मान्छे ।
No comments:
Post a Comment