Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

पहिचान

-पीपी कोइराला
 धरान –१३
    


"म उहाँसँग यति प्रभावित भएको छु कि आज पनि श्रद्धा गरेर सम्झन्छु ।’’ 
–मित्रले भने ।

तीस वर्ष पहिले म अफ्रिकाको भ्रमणमा थिएँ । मेरो बाल्यकालको पत्रमित्रले नेपालबाटै मलाई लिएर गएका थिए । उनले बैठकको भित्तामा  एउटा तस्विर देखाउँदै भने, “यिनलाई मैले जिम्बाबेको राजधानी हरारेमा देखेको थिएँ ।’’

उनले भन्दै गए, “यति भलाद्मी राजनेता त सायदै यो दुनियाँमा कोहि छ होला? अन्तिम घडिसम्म जनतामा समर्पित भए ।’’

उनले नेपालको इतिहासमा पिएचडी गरेकाले सबै राजनेताहरुको गुण अवगुण एकै क्षणमा खर्रर भनेर सुनाउन सके । म त हेरेको हे¥यै भएँ ।

फेरि एउटा जिज्ञासा सोध्न मन लाग्यो, “यी राजनेताको मुख्य कमजोरी चाहिँ  के थियो?’’

उनले सजिलै उत्तर दिए, “दलालहरुको गतिविधि थाहा नपाउनु नै ठूलो कमजोरी थियो ।’’

“उनले के गर्नु पथ्र्यो त?’’ मैले उनलाई मस्तिष्क मन्थन गर्न कर लाएँ ।

उनले भने, “राष्ट्रिय एकताका लागि सबैलाई एउटै जात र थर नेपाली मात्र राखेर नागरिकता दिनु पथ्र्यो ।’’

No comments:

Post a Comment