Thursday, April 18, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

जन्ती बाख्रो

-कमला देवकोटा
पाल्पा    


स्याङ्जाको एक गाउँ स्टाफको बिहेमा जन्ती गएका थियौँ आठ जना भएर । बिहे मन्दिरबाट भएकोले डेढ घण्टामै सकियो । बेहुलीको बिदाई हृदय बिदारक भयो । आमाबाबु नभएकी टुहुरी रुँदा गाउँनै रोयो । बेहुलो भने त्यो दृश्यले छिटै घर जान आतुर थिए । भनेझैं भयो बाजागाजा नभएकोले धेरै ढिलाई पनि भएन । अब बेहुलीसहित सबै जन्ती बाटो लाग्यौं । अलि तल खोलो रहेछ त्यहीं जन्ती बाख्रो खाने निधो भयो । आगो बाले, खसीको ईहलिला समाप्त भो । सबै मिलेर मासु भात पकाए । ठूलो बारी वरिपरी सेलरोटी भई सबै बसे । चारजना साथीहरुले खाना बाँड्न लागे टपरीमा । हेर्दा मलाई लाग्यो कति रमाईलो हुँदोरहेछ यस्तो विवाह । आफ्नै अगाडि पनि भाग आयो । एकमानाको भात त्यसमाथि एक डाडु झोले मासु । यसो हेरेँ । आफ्नो भागमा परेका टुक्रामा रौंनै रौं साह्रै घिन लाग्यो कहिल्यै नखाएको धिक्मिक भयो ।

नजिकैको साथीले भने कति ढिलो हो छिटो खानुन् । अब त हिंड्नुपर्छ । मैले भनें रौँ छ कसरी खाउँ ? उनले भने हेर्नुस् जन्ती बाख्रो यस्तै हो, रौँ खाए रौँ बढ्छ मासु खाए मासु, छाला खाए छाला बाक्लो हुन्छ आदि ।

केही नबोली मैलेपनि आँखा चिम्लेर खाएँ किनकी कति औषधि गर्दा पनि मेरो रौं बढेकै थिएन ।



....साथ सहयोगको खाँचो

No comments:

Post a Comment