Thursday, April 18, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

 बिदाई

- अरुणबहादुर खत्री 'नदी'
बूढानीलकण्ठ, पासीकोट, काठमाडौँ   


नायब सुब्बा रामविक्रमको एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा भयो । सरुवाको पत्र पाएपछि रामविक्रमले रमाना लियो । रामविक्रमले रमाना लिएपछि रमाना लिएको मन्त्रालयको सहसचिवले “अहिले तपाईं रमाना लिएर सरुवा भएको मन्त्रालयमा हाजिर हुन जानु होला । तपाईंलाई पछि बोलाएर हामी भव्यसँग बिदाई गर्छौ” भने । रामविक्रमले रमाना लिएर सरुवा भएको मन्त्रालयमा हाजिर हुन गयो । 


रामविक्रम सरुवा भएको एक महिना बित्न नपाउँदै रामविक्रमलाई रमाना लिदा एकदिन तपाईंलाई हामीले बोलाएर बिदाई गर्छौ भनेको सहसचिवको पनि अर्को मन्त्रालयमा सरुवा भयो । सहसचिवको सरुवा भएको थाहा पाएपछि रामविक्रम समय मिलाएर सहसचिवलाई भेट्न पुग्यो । सहसचिवले “तपाईंलाई बोलाएर भव्यसँग बिदाई गर्छौ मैले भनेको थिए मेरो आफ्नै सरुवा भयो यसमा कत्ति पनि दुःख नमान्नु है” भने । 


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment