बैकुण्ठधाम
-चूडामणि नेपाल अकिञ्चन
विराटनगर १
'होइन एकपटक हेरेरचाहिँ आउन कस्तो रहेछ ? बैकुण्ठ एक्सप्रेस ? स्वयम ब्रह्मा, विष्णु नारद नै आउनु भएको रहेछ भने त ?’ मनमायाले जिज्ञासा राखिन ।
होइन जो अठोट गरेर जान्छ त्यसले मात्र देख्छ रे ! उसको लागि मात्र ढोका खुल्छ रे ! अब आउन त को को आएका छन थाहा भएन ।’ फेरि मनमाया बोलिन् ।
अनि तल्ला घरे साइँली बजै र माथ्ला घरे माइली बजै बैकुण्ठ जाने सल्लाह र अठोट गर्दै नारायण मन्दिर गएका रे ! साइँली बजैलाई त एउटा बाटुलो र माथितिर गजुरजस्तो चुच्चो भएको यानभित्र तानेर राख्यो रे ! माइली बजै बोल्दै थिइन् ‘मैले त देख्दै देखिन ।’ माइली बजै भन्दै थिइन् । साइँली बजैलाई त उडाएर लग्यो होला ।’ ‘बैकुण्ठ एक्सप्रेसमा ।’
साइँली बजै हराइन । हल्ला खल्ला भयो । घरमा भीड लाग्यो । रुवाबासी मैले पवित्रधाम पनि टेक्न पाइन । प्रकाशले आँखाहरु तिरमिराए । केही देखिन । म त्यहाँ आफैँ हराएझैँ लाग्थ्यो । मेरो शरीर कपासजस्तो भएको थियो । ‘साइँली त किन आएकी तेरो बेला भएको छैन ।’ बाहुन नरनाथले च्याप्प अँगाल्न खोज्दै हुनुहुन्थ्यो । म जमिनमा ड्याङ्ग पछारिएँ ।
‘जिउँदो मान्छेले यहाँ कसैलाई भेटन पाउँदैन । यो पवित्रधाम हो, जिउँदाहरुको बुद्धि अगाडि हामी मुर्ख हुन्छौँ । जिउँदाले हामीमाथि शासन गर्न थाल्छन् । तिम्रो देशमा त सबै मरेजस्ता छन् ।’ यस्तै बोलेझैँ सुनेँ । एकछिनपछि साइँली बजैलाई पुज्नेहरुको भीड लाग्यो ।
..साथ सहयोगको खाँचो
No comments:
Post a Comment