आगो बाल्न पेट्रोल छर्के जस्तै, साहित्य उन्नयनको लागि पनि कसैले घचघच्याइ रहनु पर्दोरहेछ, स्कूले जीवनमा नै साहित्य लेखनमा सक्रिय भइसकेको म कसरी आफ्नो मातृभाषामा मोडिएँ ?
-सायद बिद्रोह हुन सक्छ भाषिक असमानताका कारण ।
त्यो बाहेक आफ्नो मातृभाषामा व्यक्त गर्दा जति स्पष्ट अरु भाषाबाट नहुने हुँदा पनि हुन सक्छ वा माहोल नेपालभाषा भएको कारण पनि हुन सक्छ ।
त्यस बेला धेरै लेख रचना लेखें पत्रपत्रिकामा, कुनै आफ्नै नामबाट कुनै सुत्रधार, आकार, आधार, सागर जस्ता उपनामबाट !
पछि कुनै कारणबश निष्क्रिय भै बसें निष्क्रिय भन्नाले आक्कल झुक्कल लेख्थें, कसैले माग्न आउँदा लघुकथा, कविता दिन्थें ।
जब रेडियो सगरमाथामा मुनासः कार्यक्रमको प्रस्तोता बनें साहित्यिक कार्यक्रम मार्फत् एउटा बेग्लै अनुभूति महसुस गरें ।
सायद शनिबार हुँदो हो, म घरमै थिएँ, घरमा डोरबेल बज्यो ।
झ्यालबाट हेरें कोही चिने जस्तो अथवा देखे जस्तो व्यक्तित्वले मलाई हेर्दै तल आउने इसारा गर्दै हुनुहुन्थ्यो !
म तल झरें !
वहाँले सोध्नु भो, नरेशजी तपाईं नै हो ?
मैले हो भने !
वहाँले भन्नू भो
- नरेशजी तपाईंको लघुकथा मैले हेर्ने गरेको छु, राम्रो छ तपाईंले लघुकथा लेख्नुपर्छ, लेखिसकेको कथाहरू सङ्कलन गरेर १५ दिन भित्र पाण्डुलिपि तयार पारेर मलाई दिनुस् ! पुस्तक छापिन्छ ।
फोटोमा सधैं देखिने तर भेटघाट नभएका वहाँ हुनुहुन्छ प्रा. नर्मदेश्वर प्रधान, त्यत्रो ठूलो व्यक्तित्व तर अत्यन्त सरल ।
- एक चोटी शिक्षाविद्, कथाकार, सांसद लक्ष्मण राजवंशी सरले मलाई भेट्न खोज्नु भएको रहेछ, मलाई आदरणीय प्रा. नर्मदेश्वर सरले वहाँको निवासमा लग्नु भयो ।
वहाँले मेरो आखे पुस्तक दिदैं भन्नुभयो, मैले नरेशको एउटा एउटा लघुकथाको प्रतिक्रिया लेखेको छु हेर्नू, ...अं मैले एउटा म्यासेज पठाएको हेर्यो ? मैले हत्त न पत्त म्यासेज खोले, म्यासेजमा लेखेको थियो,
नरेश, अहिलेसम्म मैले धेरै कथा लेखें तर लघुकथा के हो थाहा थिएन र जान्न कोसिस पनि गरिन, तर नरेशको लघुकथाले लघुकथा के हो मछिन्द्रनाथको भोटो देखाए जस्तै छर्लङ्ग भयो ।
यसरी नै श्याम विश्व सिरपा शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट विभूषित हुन पाउने सौभाग्य र श्याम आशा दाइ सौरभ शाक्य दाइको प्रेरणा ।
सः छःगु फरक अभिव्यक्तिको सञ्चालन पश्चात् अनगिन्ती साहित्यिक व्यक्तित्व सामीप्यता र फेसबुक ग्रुप नेपाल भाषा चिबाखं साहित्यको छत्रछायाँबाट आजसम्म लेख्दै आइरहेको छु । देश समाज र आत्मसन्तोषको लागि लेखिने मेरो लेखाइ, किन लेखिस् भन्ने प्रश्न भन्दा कसरी लेखेँ त्यो महत्वपूणर् छ जस्तो लाग्छ ।
- ललितपुर
..साथ सहयोगको खाँचो
No comments:
Post a Comment