Monday, October 27, 2025

अनुवाद लघुकथा (अङ्क २८ मा प्रकाशित)


 

"अरे, यो कहाँबाट उठाएर ल्याउनुभयो ?’’

“के भयो र, मन परेन ?”

“अब हाम्रो उमेर पनि त धेरै छैन नि, सेवानिवृत्त भएपछि तपाईं विश्राम गर्न चाहनुहुन्छ, झन् उल्टै बोझ थप्ने काम गर्नुभयो ।”

“भाग्यमती, श्रीमती जी… चलचित्रका दृश्य र जीवनका यथार्थमा आकाश–पातालको फरक हुन्छ । आफ्नै नातिनातिनाले बुढ्यौली सम्हालिदिन्छन् भन्ने कथा अब सुन्ने मात्र हो ।”

“त्यसैले त तपाईं यो चार–पाँच वर्षको टुहुरो बालकलाई नजाने कहाँबाट घर भिœयाउनुभयो ?”

“हो, हामी अझै दस–पन्ध्र वर्षसम्म यसको पालन–पोषण गर्ने अवस्थामा छौँ । त्यसपछि केही वर्षसम्म यसैले हाम्रो हेरचाह गर्नेछ ।’’

“हामी हाम्रो सम्पत्ति पनि यसैलाई दिनेछौँ ।’’

- पटना, बिहार, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment