Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

भिखारिन !

- सुरेशकुमार पाण्डे
दाङ घोराही १८  


"ए केटी ! किन बसेकी छ यहाँ हँ ?" चौरमा मालीको काम गर्दै गरेको युवाले हकार्दै सोध्यो ।

बिहानैदेखि केही खाएकी छैन; दश रूपियाँ दिनु न दाजु ।“ - ऊ मालीको नजिक आएर हात फैलाई ।

भिख मागेर प्राण धानेकी युवती लगभग अठ्ठार वर्षको भरभराउँदो बैंसकी सुन्दर वणर्की छे !

“यति राम्रो केटी आज घरमा पनि कोही छैनन् यस्तो मौका घरिघरी आउँदैन । आज त घमण्डीलाई पनि खोज्नु पर्दैन नजिकै छ । आँपको आप गुठ्लीको दाम, फाइदा लिनैपर्छ । मालीले मनैमन भन्छ ।’’

“दिनु न दाजु दश रूपियाँ धेरै भोक लाग्या छ ।’’ - युवतीले हात फैलाएकै थिई ।

“भोक लागेको छ तिमीलाई?’’ - मालीले युवतीको अनुहारमा नियाल्दै भन्यो ।

“हजुर !’’ आशाको दृष्टि बिछाउँदै सटीकमा भनी ।

“सुन तिमीलाई धेरै भोक लागेको छ मैले आज खोल्टीमा धन राख्न भुलेछु । नजिकै मेरो डेरा छ हिंड तिमीलाई पेटभरी खाना खिलाउँछु अनि पैसा पनि दिन्छु ।’’ 

- मालीले दयाभाव देखाउँदै भन्यो ।

“कति टाढा हो दाजु ?’’ - युवतीले सोधी ।

“ऊ त्यो घर हो ।’’ - मालीले हातको इसाराले सिकायो ।

“हस् दाजु म ऊ त्यो झोला लिएर आउँछु हिंड्नुहोस्’’ - युवतीले चौरको एउटा कुनामा राखेको आफ्नो सानु झोला देखाउँदै भनी ।

“माली मनैमन खुसी भयो र फटाफट कोठामा पुगेर सबै तैयारी गर्‍यो । घमण्डीलाललाई बोलायो ।

एकछिनपछि युवती पुगी । उसले फटाफट दैलो बन्द गर्‍यो । भित्र एकजना मानिस अरू देखी ।

“के नाम हो तिम्रो ?’’ - अर्को अधेड उमेरको व्यक्तिले दालभात दिंदै सोध्यो ।

“मेरो नाम चमेली हो ।’’

“आहा ! कति सुन्दर आज चमेलीको फूलसँग खेल्नुपर्छ ।’’- ऊ कृतिम मुस्कुरायो । माली पनि हाँस्यो ।

“ढक्-ढक् ! ए भाइ दैलो खोल त?’’ - बाहिरबाट कसैले आवाज लगायो ।

“को मुर्दार हो कवाबमा हड्डी बन्न आएको ?’’ मालीले दैलो खोल्दै भन्यो ।

“हामी हौं बाहिरबाट प्रहरीका जवानभित्र पसे । धेरै दिनबाट तिमीहरूको तलास थियो ।

“धन्यवाद ! सिआइडी मीरा चौहान हजुरको भूमिका सह्रानीय छ ।’’ 

- प्रहरीले सुलुट ठोक्दै चमेली भनिने युवतीलाई भन्यो 

उसोभए यो भिखारन होइन?

होइन नि दाजु जस्तै हजुर पनि माली होइन नि ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment