एकादेशको कथा-१३
- रत्न प्रजापति
लोकन्थली, भक्तपुर
देशमा देशी-विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले लगानी सम्मेलन आयोजना गर्यो ।
सम्मेलनमा देश-विदेशका सयौँ लगानीकर्ता उत्साहसाथ सहभागी भए र लगानी प्रतिबद्धता जनाए ।
लगानीकर्ताको उत्साहले सरकार झनै उत्साहित भयो । अब देशमा ठूल्ठूला परियोजना सञ्चालन भएर रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, विकासका पूर्वाधार निर्माण हुने र विकासले छिट्टै छलाङ मर्ने आशाले सरकार प्रफुल्ल भयो । सुखको आशाले जनता पनि खुसी भए ।
‘हामी यहाँ लगानी गर्छौं ।’
‘रोजगारी सिर्जना गर्छौं ।’
‘उत्पादन बढाउँछौं ।’
‘राज्यलाई कर तिर्छौं ।’
‘देश विकासमा सघाउँछौं ।’
यसो भन्दै स्वदेशी-विदेशी लगानीकर्ताहरू लगानी प्रस्ताव लिएर सरकारी कार्यालय धाउन थाले ।
सरकारी कार्यालय धाउँदा-धाउँदा थकित एक जना लगानीकर्ताले निराश हुँदै आफ्नो मित्रलाई सोध्यो, ‘मित्र, मेरो अनुहार अपराधीको जस्तो देखिन्छ ?’
अनपेक्षित प्रश्न सुनेर मित्रले छक्क पर्दै भन्यो, ‘अहँ, बिलकुलै देखिँदैन ।’
‘मेरो अनुहार चोर-फटाहाको जस्तो देखिन्छ ?’
‘अहँ, बिलकुलै देखिँदैन ।’
‘तर यहाँको कर्मचारीतन्त्रले मलाई चोर, फटाहा र अपराधीलाई जस्तै व्यवहार गर्यो ।’ त्यो लगानीकर्ताले निकै निराश भएर भन्यो ।
‘हरे, यो देशको कर्मचारीतन्त्र !’ मित्रले आक्रोशित हुँदै भन्यो ।
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment