Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

कर्तव्यबोध

विष्णुप्रसाद पौडेल 'अपरिचित' 



"काका नमस्कार । कार्यक्रममा हाम्रो भेट होला नि ?"

खै के भनौँ, बाबाकै कारणले म छुट्टिएर बस्न बाध्य भएको थिएँ कारण जनजाति विवाह थिएन । सङ्घर्षले कुँदेका आख्यानमा भाइबहिनीसँग टाढिनु पर्ने उपकथाहरू जन्मिँदै गर्दा हामी नजिक भए पनि समयले हाम्रो सम्बन्ध टाढा टाढा बनाउँदै लग्यो; आँखासामु भएर पनि सात समुद्रपारि हुँदाजस्तो हाम्रो सम्बन्ध । घर बाटा वारिपारि भए पनि पानी बाराबार ! न त भाइ मिल्यो, न त म नै मिल्न सकेँ । अरुको त घर 'पोथी बास्दा' भत्किन्छ भन्ने सुन्दै आएका मेरा कणर् जिल्ल थिए । समाजमा भाले बासेर भताभुङ्ग भएको दरबारको ज्वलन्त दृष्टान्त मेरो सामु ठिङ्ग बुँख्याचा उभिएझैं उभिएको थियो । जुटाउने अनेकन कार्य गर्न मनले कहिलै छाडेन तर गर्भाशयबाट अबोध शिशु निकालेर फ्यालेझैं घर विचारले कहिलै जुट्न सकेन । आ-आफ्नै दिनचर्याले भागदौडको जीवनलाई घिसार्नु रहर थियो या वाध्यता ! मिलाउन सकिन । आफन्तले बलेको अग्निमा घ्यू थप्थे वा मिलुन् भन्ने शुभेक्षा प्रकट गरिरहेकै हुन्थे तर हाम्रो गति भने उस्तै थियो ।

मूल एउटै; शाखा दुई, व्यवहार उदेक उदेक । बुढाको नाति, कान्छाको छोरो कान्छोको उपनयन संस्कार । जोरीपारिका सबैको उपस्थिति बार्दलीमा नियाल्दै गरेका मेरा अबोध नयन र पूणर् जलाशय ! आडम्बरीका लागि कर्तव्यविहीन् म र मेरो परिवारका सदस्यहरूको खट्किएको उपस्थिति अनि हाम्रो तेह्र दिने सहोदर नाता ! मेरा वाक्य सुनेर भतिजाले फोन थपक्क राख्यो ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment