Sunday, June 16, 2024

लघुकथा (अङ्क १३ मा प्रकाशित)

देखेको हो

- देवीप्रसाद थापा  'मामा'
मणिपुर, भारत 



मेरै आँखाले देखेको हो - 'त्यस परिवारका सन्तानहरू बिहान आमाबाबुका गोडा ढोगेर आफ्नो दिनचर्या प्रारम्भ गर्थे ।'

मेरै आँखाले देखेको हो - 'साँझ त पालैसँग आमाबाबुका गोडा धुन्थे ।' 

मेरै आँखाले देखेको हो - 'संस्कार त्यस परिवारमा जीवित थियो ।'

मेरै आँखाले देखेको हो - 'त्यो परिवार धरतीको एकमात्र उदाहरण थियो ।'

सोच्दा सोच्दै एक्कासि सोचेँ - 'यस्तो परिवार धरतीमा हुनै सक्दैन ।'


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment