भिखारी
- भागीरथी श्रेष्ठ
काठमाडौँ
केही सामानहरू किनमेल गर्न असनतिर गएकी थिएँ, आकाशे पुलको भर्याङ चढ्दै गर्दा एकजना युवा भिखारीले बटुका थाप्दै थियो - एउटा देब्रे हात नभएको पच्चिस तीस वर्षको जतिको । मैलो लुगा फाटेको जुत्ता । राम्रो खाना नपाएर सुकेको शरीर ।
उसले मतिर सिल्भरको बटुको थाप्दै भन्यो- “म कतिदिन देखि भोकै छु आमा ।’’
उसको मुख हेरेँ - मलाई लाग्यो - उसले झुठ बोलेको छैन । धेरैजसो माग्न बसेकालाई पाँच रुपैयाँ दिन्थे । किन किन पेट भरी खावोस् भनेर डेढ सय रुपैयाँ दिएर फटाफट भर्याङ चढ्दै गर्दा उसले जय होस् आमा भन्दै कराएको सुने । भिखारीहरू यस्तै हो भन्ने सोचेँ ।
धेरै दिनपछि असनमा जाँदा त्यो भिखारी त्यही ठाउँमा अगाडि बटुको राखेर बसेको थियो । त्यसले फेरि पैसा माग्ला भनेर म अलि तर्केर भर्याङ चढ्न थालेको बेला ’आमा आमा भन्दै मेरो पछि पछि आयो - म त झन् पैसा दिन पर्ला भनेर झन् छिटछिटो पाइला सारेँ ।
“आमा म पैसा माग्न आएको होइन । हजुरलाई धन्यवाद दिन आएको नि । त्यो दिन हजुरले दिएको पैसाले पेटभरि खान पाएँ ।’’
“साँच्चै उसको अनुहार र आवाज कृतज्ञताले भरिएको थियो ।’’
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment