जिन्दगी
- नारायण तिवारी
"यसपल्ट अनिकाल पर्लाजस्तो छ ।" लोग्ने उदास भएर आकाशतिर हेर्दै बोल्छ ।
'के भो त, यसपालि घर चुहेर भिज्नु नपरेकोमा म त खुसी नै छु ।' स्वास्नी विपरीत कुरा बोल्छे, घरको छानातिर नियाल्दै ।
लोग्ने आश्चर्यचकित भएर स्वास्नीको आँखामा केही पढ्न खोज्छ । आँखा बोल्छन् - 'के तँलाई थाहा छैन, पानी नपरे अलिकति भा’को जमिनमा पनि धान रोपिने छैन । लालाबालाले खान पाउने छैनन् ।'
स्वास्नीले लोग्नेको आँखाको भाव पढ्छे र आँखैले प्रत्युत्तर फर्काउँछे - 'तिमीलाई थाहा छैन नि, पानीमा भिजेर गुजारा चलाउन सकिंदैन ! एक रात बिताउन कति कठिन पर्छ ? तिमीलाई थाहा छैन, पूरा वर्षा बिताउन सकिंदैन !'
...साथ सहयोगको खाँचो
No comments:
Post a Comment