कस्तुरी
- अम्बिका धिताल
कमलविनायक भक्तपुर
"के भयो आजभोलि बुबा ? तपाईंको मुहार धपक्कै बलेको देख्छु । यसको भेउ पाउन पाए म पनि खुसी हुन्थेँ ।”
“तैँले थाहा पाइहाल्छस् नि ।” बुबा हाँस्नुभयो ।
मैले भनेँ “मानिसको मन पनि अचम्मको छ है बुबा ?”
“हो, मनमिटर घुमिरहन्छ, बुझ्नै गाह्रो ।” भन्दै टार्न खोज्नुभयो ।
यतिकैमा साइला काका आएर भन्नुभयो, “तँ यतिको पढेर पनि देशमै सीमित हुने भइस् है ? अन्याय, अत्याचार, भ्रष्ट, दलाली भएको यस्तो ठाउँमा तिमीहरूको भविष्य कहाँ छ भन् त ?”
“कस्तो कुरा गर्नुहुन्छ काका । सबै परदेश गएका छन् । गाउँमा लास उठाउने समेत मान्छे छैन । म त अब युवाहरूलाई आफ्नै ठाउँमा राख्ने अभियानमा छु ।” यथार्थ ओकलेँ ।
काकाले सम्झाउनुभयो, “हेर लाटा ! यहाँ रातदिन कमाई गरेर रुपैयाँ कमाइन्छ । त्यहाँ डलरको खेती अर्कै हुन्छ। त्यसैले हेर, बरु पैसा छैन भने म हालिदिउँला तर नेपाल भने पटक्कै नबस् दुःख पाउँछस् ।”
म उत्साहका साथ बोलेँ “म त काका आफ्नो ठाउँ आफै बनाऊँ भन्ने अभियान बोकेर हिँडेको छु । रगत र पसिना आफ्नै माटोमा खन्याउँछु ।”
“मलाई त छोराले अमेरिका बोलाएको छ अर्को हप्ता जाँदै छु । तँ गए तेरा आमाबा पनि पछि जान पाउँछन् ।” लालचाजन्य कुरा काकाले बोलेपछि मैले भनेँ ।
“हेर्नुहोस् काका ! मलाई तँ बराबरको सुन दिन्छु भनेपनि म जाँदिन । पैसा नै सबैकुरा होइन । म मेरो देशमा आत्मसन्तुष्ट छु र मेरा बाआमालाई पनि विदेशको मोह छैन ।”
आउँदै गर्दा भतिजोका विदेश नजाने कुरा सुनेका जेठाबाले बुबातिर हेरेर मुख खोल्नुभयो, “आहा ! कति राम्रो विचार। हेर कान्छा तेरो छोरो देशकै कस्तूरी हो । बिस्तारै सबैले चिन्छन् ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment