Monday, July 13, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


प्रहरीले एउटा चोरलाई पक्रिनका लागि धेरै दिनदेखि निरन्तर प्रयास/प्रयत्न गरिरहेको थियो । हरेक चोटी चोर बचेर भाग्थ्यो । एक रात अन्ततः प्रहरीले त्यो चोरलाई पक्राउ गर्‍यो नै । त्यसपछि सोधपुछ प्रारम्भ भयो ।

प्रहरीले सोध्यो, “भन् चोरी किन गर्ने गर्छस् ?” चोर मौन रह्यो । बारम्बारको सोधाईपछि बल्ल भन्यो, “घरमा बिरामी आमा हुनुहुन्छ…..काम खोजेँ तर कहीँ कतै कुनै केही पनि काम पाइएन ।”

प्रहरीले निकै बेर सोच विचार गरिरह्यो । भोलिपल्ट मानिसहरूले देखे, चोर जेलमा थिएन…. ऊ तिनै प्रहरीहरूसँगसँगै काम गरिरहेको थियो । मानिसहरू छक्क परे । 

त्यसपछि सबैको जिज्ञाशा शान्त पार्दै प्रहरीका हाकिमले भने, “दण्ड/सजाय दिन धेरै सजिलो छ…. तर कसैलाई सुधारेर उसको जीवन सही बाटोमा हिँडाउन अत्यत्न जटील !”

- सित्का, सुनखानी, दोलखा हालः भक्तपुर

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment