मदनले आफूसँगै एउटै कार्यालयमा काम गर्ने कल्याणीलाई आफ्नो भाइको विवाह हुँदा निमन्त्रणा कार्ड सम्मान गरेर दियो । तर कल्याणी मदनको भाइको विवाहमा पुग्न सकिनन् । कल्याणीले आफ्नो छोराको विवाह हुँदा सँगै कार्यालयमा काम गर्ने अरु साथीहरूलाई निमन्त्रणा कार्ड दिएको मदनले थाहा पायो तर मदनको नाममा निमन्त्रणा कार्ड पुग्न सकेन । रामशेखरले कल्याणीको छोराको विवाहको भोजमा जाने दिनमा मदनसँग “सर हजुरलाई आज भोजमा जाने निमन्त्रणा आएको छ कि छैन ?” सोध्यो ।
“आज मलाई मेरो एकजना आर्मीमा जागीर खाने दाजुको प्रमोसन भएको भोजको निम्तो आएको छ” मदनले भन्यो । “हाम्रो अफिसमा काम गर्ने कल्याणी मेडमको छोरोको विवाहको निमन्त्रणा आएको छ कि छैन भनेर मैले हजुरलाई सोधेको” रामशेखरले भन्यो ।
“मैले मेरो भाइको दुईवर्ष अगाडि विवाहको निमन्त्रणा दिंदा कल्याणी मेडमलाई हजुर जसरी भए पनि आउनुपर्छ भन्दा मेरो भाइको विवाहमा उहाँ आउनु भएन त्यसैले उहाँले मलाई निमन्त्रणा दिन नसक्नु भएको होला” मैले हाँस्दै भने ।
- उज्यालो वस्ती, काठमाडौँ


No comments:
Post a Comment