धेरै समयपछि चुनावको लागि गाउँ पुगेका नेता अम्बरेले टोलका गल्लीहरूमा हात जोडेर जोरसित भोट मागे ।
बस्ती घुमिसकेपछि उनी कार्यक्रम स्थलमा पुगे । अघिल्लो चुनावमा जनसागर थियो । तिनैको बहुमतले संसद् छिरेका थिए । मन्त्री समेत पड्काएका थिए । त्यसबखत मन्त्रीले तन्त्र लाएर बङ्गला पनि उठाएका थिए । यसपटक आँखा अगाडि केटाकेटी बुढाबुढीको बहुसंख्या परेपछि जनमाझ प्रश्न गर्यो । “युवाहरू खोई ? उनीहरूविना देश बन्दैन ।”
दर्शकहरू चुपचाप थिए । फेरि उनले अर्को आवाज चर्कायो, “यही आउँदो चौरासीमा पनि मलाई जिताउनुस् ? यस ठाउँसम्म कालोपत्रे, पानी, बिजुली, उपचार, शिक्षा सबै ल्याइदिन्छु । सबै युवालाई रोजगारको व्यवस्था हुन्छ । लु, मेरो वचन पक्का भो ।”
त्यही भीडबाट एक स्थानीय शिक्षकलाई नेताको कुराले जुरुक्क उठायो र बोल्न बाध्य बनायो, “तिमी नेताहरूको अनुत्तरदायीका करण सबै युवाहरूले देश छाडे । उर्वरभूमि सबै टुहुरो बनाए । अहिले मेलापात, मुर्दा लाने मलामीधरि पाउँदैन !”
थप आक्रोश पोख्यो, “कच्ची बाटो त ल्याइदिन नसक्नेले कहाँबाट कालोपत्रे ल्याउँछ्यौ ? पानी, बिजुली, स्वास्थ र शिक्षाको कुरा गर्दै नगर छेपारे ? खानेपानीको पाईप दे ! भन्दा बजेट पुगेन भन्नेले, उज्यालोकर्तालाई निमोठेर अँध्यारोकर्तालाई भिœयाउनेले, टाउको दुखाई निको पार्ने औषधी सिटामल समेत नदिनेले कुन शिक्षा दिन्छौ भन ? आफ्नो सन्तानलाई विदेशी शिक्षा दिनेले ।”
लगत्तै अर्को एक भलाद्मीले थप्यो, “गरिबको पेटमा लात हान्यौ ! युवाले गरिखाने कारखाना जति सबै बन्द गर्यौ ! देशमै बस्न चाहनेहरूलाई बस्न नदिनेले के को रोजगार दिन्छौ ? बलवान् युवाजत्ति विदेश भागे बाँकी बच्चाबच्ची बुढाबूढी मात्रै छन् । पुरै गाउँ रित्तिसक्यो ।”
– धार्चे –६, काशीगाउँ, गोरखा हालः जापान
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment