Tuesday, June 10, 2025

लघुकथा (अङ्क २४ मा प्रकाशित)


जब समयले साथ छोड्यो,

उसलाई आफ्नो आँखा, कान, हात, खुट्टा, मुटु, मिर्गौला …
शरीरका हरेक अङ्गले साथ छोड्दै गए ।

जब शरीरको प्रत्येक अङ्ग प्रत्यङ्गले छाड्दै गए,
उसको साथीभाइ, इष्टमित्र, छिमेकीहरूले छाड्दै गयो ।

जब साथीभाइ, इष्टमित्र र छिमेकीहरूले उनलाई छाड्दै गए, परिवारले पनि उसलाई छोड्दै गयो ।

जब परिवारले छोड्दै गयो,
उसलाई आफ्नो सासले पनि छोड्दै गयो ।

जब सासले छोड्यो, उसलाई प्राणले छोड्यो । जब प्राणले छोडेर गयो तब उसको शरीरमा बसेका प्रत्येक जुम्रा, उपैयाँ, किराले पनि छोडदै गयो !

– ख्वात, न्यख

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment