शहरको कुनै एउटा टोलमा निकै नै एक धनी मानिस बस्थे । उसले आफूलाई चाहिने सबै कुराको चाँजोपाँजो मिलाएको थियो । उसले आफ्नो खानदानका लागि सुविधा सम्पन्न पाँचतले घर ठड्याएको थियो । उसले आफ्नो घरमा गाडी राख्नका लागि ग्यारेज, बाइक राख्नका लागि बाइक स्ट्याण्ड, झुल्नका लागि झुल्नेपिङ, खेल्नका लागि खेल्ने हल बनाए तापनि कुकुरका लागि भने ………….बनाएको थिएन ।
उसले घरको सुरक्षाका लागि भनेर एउटा ठुलो विदेशी कुकुर पनि पालेको थियो । ऊ सधैँ आफ्नो कुकुरलाई साँझबिहान डुलाउने गर्थ्यो । ऊ आफ्नो कुकुरलाई डुलाउने क्रममा टोलका अरू घरहरूको छेउछाउमा लगेर कुकुरलाई दिसापिसाब गर्न लगाउँथ्यो । यसरी एक दिन अर्को घरका एकजना मानिसले उसलाई भन्यो, “ए हजुर ! कुकुरलाई जथाभावी दिसापिसाब नगराउनुहोस् न, वरपर फोहोर हुन्छ ।’’ त्यो कुरो सुनेर उसले भन्यो, “तपाईंको घरभित्र लगेर कुकुरलाई दिसापिसाब गर्न लगाएको छैन, खुला रहेको बाटोमा गराउँदा के हुन्छ र ?’’ भनी उल्टै प्रतिप्रश्न गर्यो ।
एकपटक टोलकै कुनै कुकुरले उसको घरको फलामे मूल गेटअगाडि फोहोर गरिदिएछ । उसले सधैँ झैँ आफ्नो कुकुरलाई डुलाउन भनी फलामे मूल गेटबाट के बाहिर निस्केको मात्र थियो, उसले त्यहाँ रहेको फोहोर देखेर नाक थुनी बम्कन थाल्यो, “हेत्तेरी ! कुन चाहिँ असत्ती कुकुरले यहाँ आएर फोहोर गर्यो ?’’ ठुलो सिरुवारी, – –
– सिन्धुपाल्चोक, हालः काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment