हुरी र बतास मेरो पछाडि दौडिँदै थिए । म बाँच्नको लागि बुढोरुखलाई समाएँ । हुरी र बतास आपसमा झगडा गर्दै थिए । हुरी र बतासको झगडामा परेर जंगलका कलिला रुखहरू गर्ल्याम्गुर्लुम ढले । मैलेँ कलिला रुखहरूलाई नियाल्दै थिएँ ।
सोचेँ यिनीहरूको गल्ती के छ ? के कलिला रुखहरूको बाँच्ने अधिकार छैन ? मनमा प्रश्नहरू बढ्दै थिए । बुढोरुखबाट आवाज आयो । तँलाई पनि कलिला रुखहरू जस्तै ढल्ने मन छ।मैलेँ हत्तपत्त भनेँ, छैनछैन । कलिला रुखहरूतिरको ध्यान बुढोरुखतिर फर्काएँ ।
बुढोरुखको अनुहार हेरेँ । दानवजस्तै भयङ्कर लाग्यो । आफूमात्र बाँचेर अरूलाई ढलाउन हुरीबतास चलाउने नाइके मै हुँ भन्ने आवाज आयो । मेरो शरीर जिरिङ्ग भयो । मस्तिष्कमा तरंग आयो । आँखामा देश चलाउने बुढा नेताको अनुहार ।
– तानसेन नरपालिकामा– ७, पाल्पा हाल : कुवेत
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment