एकदिनको कुरा हो, राम बजार गइरहेको थियो । जानेक्रममा बाटोमा कोही मान्छे मुर्छित अवस्थामा ढलेको देख्यो र हत्तनपत्त गाडीवाललाई गाडी रोकेर अस्पताल लैजान भन्यो तर गाडीवालले बेवास्ता गर्यो ।
यो देखेर रामलाई रिस त उठेको थियोे । तर रिस थामेरै भएपनि लागेको खर्च म दिन्छु भनेपछि गाडीवालले अस्पताल पुर्याइदियो । ईमर्जेन्सी कक्षमा पुर्याइयो डाक्टरलाई सबै कुरा भनेपछि चेकजाँच भयो रिपोर्ट सामान्य देखियो कमजोरीको करण उनी बेहोस भएर ढलेकी रहेछिन् । घरको पारिवारिक तथा आर्थिक अवस्था साह्रै नाजुक रहेछ । श्रीमान सधैँ जाँडरक्सी पिउने आवारा केटाहरूसँग हिड्ने रहेछ, र घरमा बेलुका पुगेपछि नानाथरी बात लगाएर श्रीमतीलाई पनि कुट्ने । यी सबै कुरा थाहा पाएपछि डाक्टर साबलाई बिमारी प्रति दया जागेर आयो र औषधीमा भारी छुट गराई त्यही अस्पतालमा नोकरी मिलाइदिनु भयो ।
जीवनमा सत्य र भरोसादार कुराबाट विश्वास दिलाउन सक्यो भने भगवान्को रुपमा एक न एक आई उद्धार गर्छन् भन्ने कुरा डाक्टर साबले साबित गराइदिनु भयो ।
– पनौती न.पा.– ३, काभ्रे
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment