हर्कप्रसादको अन्तिम श्वास बन्द भयो ।
तुलसाको मोठ नजिकै लिपपोत गरेर उनको लाश राखिएको छ ।
यता चमेली डाँको छोडेर रून थाली । भरपूर जवान छोरी रोएको देखेर चमेलीकी आमा आश्चर्य भइन् । उनले छोरीलाई सुम्सुम्याउँदै सोधिन् “छोरी ! तिमी रूनुको रहस्य के हो ? बुझ्न सकिन नि ?’’
“आमा ! यी मान्छेलाई मेरो जीवनप्रति किन इर्ष्या छ ? मैले मेरो पूर्ण जीवन किन जिउन नपाउने ? यो घरको मान्छेको मृत्यु भएको छ । अब मलाई मेरा परिवारबाट थुतेर त्यो लाशमा लगेर चढाउँछन् ।’’ चमेलीले गुनासो पोखी ।
“तिम्रो सुन्दरता र जवानीले तिनै लोकमा सुवास छरेको छ । त्यसैले कहिले लाशमा सजिएर त कहिले मठमन्दिरमा सजिएर तिमी भगवानको चरणमा जान्छ्यौ । मृत्यु त तिम्रा दाजुभाइले छाँटिएर, काटिएर, ओइलेर गर्ने गर्छन् ।’’ आमाले प्रष्ट पारिन् ।
आमाका कुरा सुनेर चमेली मुसुक्क मुस्काई ।
मुस्कानभित्र चमेलीको जवानीको रङ्ग छर्लङ्ग देखिन्थ्यो ।
– रातोपुल, काठमाडौँ
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment