धैरै उकुसमुकुस भएको थियो मन । यही मन मस्तिष्कमा उब्जेका अनेकौँ भावलाई मूर्तरुप दिन मात्र के टुसुक्क बसेकी थिएँ । उसले झिमिक्क आँखा झिम्क्यायो ।
मैले भनेँ, “म पानीपानी भएको छु । मलाई नसताऊ, एकैछिन बग्न देऊ । त्यसपछि तिमी गएपनि म आराम गर्छु ।”
ऊ बोल्यो, “मेरो पनि कहाँ रहर छ र साथ छोड्ने तर….”
साथ छोड्ने कुराले म रन्थनिँदै बोलेँ, “के तर… हामीलाई त तिम्रो चमकको हरक्षण खाँचो छ । तिमी बिनाको अबको संसारको म कल्पना नै गर्न सक्दिन ।”
बिजुली आवेगमा आएर बोल्यो, “ब्रह्माण्ड रहेसम्म सबैलाई उज्यालो दिएर बाँच्न चाहन्छु तर यहाँ भएका स्रोत र साधनको सही सदूपयोग नगरी आज अकालमा मेरो हत्या गरिँदैछ.. हत्या…”
– नमोबुद्ध हालः कमलविनायक भक्तपुर
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment